सुर्खेत । सुर्खेतमा भएको ह्वीलचियर वास्केट बल प्रतियोगितामा कर्णाली निलोले जित हात पारेको छ ।
अपाङ्गता भएका व्यक्तीको ३३ औं अन्तराष्ट्रिय दिवसका अवसरमा आज सुर्खेतमा आयोजना गरिएको ह्वीलचियर वास्केट बल प्रतियोगितामा कर्णाली निलोले कर्णाली गुलावी टिममाथी ८–६ को जित हात पारेको हो ।
कर्णाली निलोलाई जिताउन विष्णु कुमारी शाहीले उत्कृष्ट खेल्नुभयो । भने कर्णाली गुलावीले राम्रो अवसरहरु गुमाएको कर्णाली गुलावको तर्फबाट कप्तानी गर्नुभएका धर्मराज रावलले बताउनुभयो ।
खेललाई जिततर्फ अग्रसर बनाइएको भएपनि धेरै अवसरहरु गुमाउन पुग्दा जित कर्णाली निलोको हातमा पुगेको हो ।
प्रथम भएको कर्णाली निलोले प्रथम पुरस्कार वापत नगद २५ हजार र मेडल ट्रफी पाएको छ । द्वतिय बनेको कर्णाली गुलावीले नगद १५ हजार र प्रमाण पत्र प्राप्त गरेको छ ।
स्पाइनल इन्जुरी संघ सुर्खेत र नेपाल पारओलम्पिक कमिटी कर्णाली प्रदेशको आयोजना तथा कर्णाली प्रदेश सरकार, वीरेन्द्रनगर पालिकाका, परिलक्षित संस्थाको आर्थिक सहयोगमा गरिएको प्रतियोगितामा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेल, वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमायाँ ढकाल, उपप्रमुख निलकण्ठ खनाल लगायतले अवलोकन गर्नुभएको थियो ।
प्रतियोगिता समारोहमा बोल्दै मुख्यमन्त्री कंडेले खेल क्षेत्रलाई सरकारले प्रथामिकता दिएको बताउँदै अपाङ्गता भएका व्यक्तीहरुलाई खेल क्षेत्रसँगै अन्य क्षेत्रमा पहुँच पुर्याइने बताउनुभयो ।
वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहन माया ढकालले दशौँ राष्ट्रिय पाराका खेलकुदको लागि बन्द प्रशिक्षणमा अपाङ्गता भएका व्यक्तीहरुलाई समावेश गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
ह्वीलचियर वास्केट बल प्रतियोगितामा कर्णाली निलोको जित
ह्वीलचियर वास्केट बल प्रतियोगितामा कर्णाली निलोको जित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु