सुर्खेत । कर्णालीमा ८ पदकालागि भएको उपनिर्वाचनको अन्तर्रगत सबै ठाउँको अन्तिम परिणाम सार्वजिक भएको छ ।
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएसँगै सबै ठाउँको मत परिणाम सार्वजनिक भएको हो।
हुम्लाको सर्केगाढ गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमल्सिना कांग्रेसकी उम्मेदवार सविता बुढालाई ४३ मतले हराउँदै विजयी हुनुभएको हो ।
तिमल्सिना एक हजार छ सय ३६ मतसहित विजयी हुनुभयो भने कांग्रेसकी बुढाले एक हजार पाँच सय ९३ मत ल्याउनुभयो ।
एमाले उम्मेदवार जाना शाही तेस्रो हुनुभयो ।
यसअघि भएको चुनावमा सर्केगाडको उपाध्यक्ष माओवादीले नै जितेको थियो।
कर्णालीका ८ पदमा भएको निर्वाचनमा माओवादी केन्द्रले तिन ठाउँमा जित दर्ता गरेको छ । माओवादी केन्द्रले एक गाउँपालिका उपाध्यक्ष, एक नगरपालिका उपप्रमुख र एक वडामा आफ्नो जित दर्ता गराएको हो । भने नेकपा एमालले एक गाउँपालिका अध्यक्ष र एक वडा अध्यक्षमा जित दर्ता गर्दा नेपाली काँग्रेसले भने दुइवटा वडामा मात्रै जित्न सफल भएको छ ।
यस्तै नेमकिपा पनि एउटा वडामा जित दर्ता गराएको छ ।
माओवादीले हुम्लाको सर्केगाडको उपाध्यक्षसहित जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा जित दर्ता गराएको छ । भने डोल्पाको त्रिपुरासन्दरी नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्ष पदमा जित्दा नेकपा एमालले दैलेखको महावु गाउँपालिका अध्यक्ष र दुल्लु नगरपालिका १३ को वडा अध्यक्ष पद सु्रक्षित गरेको हो ।
उपनिर्वाचन भएका सानोभेरि गाउँपालिका ५ मा र कुशे गाउँपालिका ७ मा मात्रै नेपाली काँग्रेसले जितेको छ ।
यसैबिच, कांग्रेसले यसअघि जितेका छ मध्ये काठमाण्डौको कीर्तिपुर नगरपालिकाको मेयर जितेको छ ।
यस्तै, उपचुनाव भएका ३४ वटा वडामध्ये यसअघिको चुनावमा कांग्रेसले १९, एमालेले एमालेले आठ, माओवादीले छ, जसपा नेपालले एक पद जितेका थिए । यस पटक कांग्रेसले तीन वडा गुमाएर १६ र एमालेले तीन वडा गुमाएर पाँच मात्र जितेका छन ।
माओवादीले भने एउटा थप गरी ७ वटा वडामा जितेको छ । जसपा नेपालले पनि एउटा वडा थपेको छ । नेकपा एकिकृत समाजवादी, नेमकिपा, रास्वपा र स्वतन्त्र उम्मेदवारले एकरएक पदमा जितेका छन् ।
उपनिर्वाचनको सबै परिणाम सार्बजनिक, कर्णालीमा माओवादी पहिलो
उपनिर्वाचनको सबै परिणाम सार्बजनिक, कर्णालीमा माओवादी पहिलो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु