काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले दोस्रो जित हासिल गरेको छ । कर्णालीले विराटनगर किङ्सलाई ७ रनले पराजित गरेको हो ।
कर्णालीले जनकपुरसँग ८ विकेट र काठमाडौंसँग ३ विकेटको हार बेहोरेको कर्णालीले चितवनमाथि ६ विकेटको जित हाँसिल गरेको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा १३३ रन बनाउँदै अलआउट भएको थियो । कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रन बनाएको हो ।
अन्तिम ओभरमा १५ रन चाँहिदा नन्दन यादवले जम्मा ७ रन दिँदै कर्णालीले अन्तिम समयमा जित निकालेको हो ।
विराटनगरका लागि कप्तान सन्दीप लामिछाने ६ र प्रतिश जिसी ७ रनमा अविजित रहे। विराटनगरका लागि निकोलस क्रिटोनले सर्वाधिक ४० रन बनाउनुभयो । उहाले ३९ बलमा ४ चौका र १ छक्का प्रहार गर्नुभयो ।
विराटनगरले पावरप्लेमा विराटनगरले ३ विकेट गुमाउँदै ३६ रन बनाएको थियो । ओपनरद्वय लोकेश बम १९ र मार्टिन गप्टिल ४ रनमा आउट हुनुभयो । अकिब इलियास ८ रनमा पेभेलियन फर्किनुभयो । विराटनगरले १० ओभरमा ४ विकेट गुमाउँदै ५३ रन बनाएको थियो ।
पाँचौं विकेटको रुपमा वसिर अहमदको विकेट गयो। उनलाई ८ रनमा नै युनिस विक्रम ठकुरीले कट एण्ड बोल्ड गर्नुभयो ।
छैटौं विकेट विराटनगरले दिपक बोहोराको विकेट गयो । उहाले निकोलस क्रिटोनसँग छैटौं विकेटका लागि ४४ रनको साझेदारी गर्नुभयो ।
सातौं विकेट निकोलस क्रिटोनको गयो । उहालाई नन्दन यादवले १७.४ ओभरमा बोल्ड आउट गर्नुुभयो ।
कर्णालीका लागि नन्दन यादवले सर्वाधिक ३ विकेट लिनुभयो । विपिन शर्माले २ र विलियम बोसिस्टो युनिस विक्रम ठकुरी र सोमपाल कामीले समान १÷१ विकेट लिनुभयो ।
त्यसअघि, कर्णालीको लागि विलियम बोसिस्टोले सर्वाधिक ६६ रनको पारी खेल्ुभयो । उहाले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गर्नुभएको हो ।
त्यस्तै, ओपनर देव खनालले ४८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै क्याच आउट हुनुभयो । ओपनर शिखर धवन ५, चाड्विक वाल्टन १, जिसन मक्सुद २ रन बनाए भने ४ खेलाडी डकआउट हुनुभयो ।
अन्तिम ओभरमा ४ विकेट गुमायो । अन्तिम ओभरको ३ बलमा ३ विकेट जाँदा कर्णाली अलआउट भएको हो ।
विराटनगरका लागि प्रतिश जिसीले सर्वाधिक ४ विकेट लिनुभयो । क्रिस सोल, वसिर अहमदले समान २÷२ विकेट लिनुभयो । अकिव इलियासले १ विकेट लिनुभयो ।
विराटनगरले पहिलो खेलमा जनकपुरसँग ८ विकेट, सुदूरपश्चिमसँग ९० रनले हार बेहोरेको थियो भने लुम्बिनी लायन्समाथि २ विकेटको जित निकालेको थियो ।
आइतबार पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच हुनेछ । दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स् र चितवन राइनोजबीच हुनेछ ।
कर्णाली याक्सको दोस्रो जित
कर्णाली याक्सको दोस्रो जित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु