सुर्खेत । कान्तिपुर वहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतको ११ औं बार्षिक साधरणसभामा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष रमेश खड्का र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष विनोदसिंह विष्टको प्रमुख आतिथ्यतामा ११ औँ बार्षिक साधरणसभा आज (शनिबार) सम्पन्न भएको हो ।
संस्थाका कोषाध्यक्ष ओम प्रकाश तिवारीले आर्थिक बर्ष २०८०÷०८१ को आर्थिक प्रतिवेदन पेश गर्दै संस्थाले १५ करोड ६६ लाखको कारोबार रहेको जानकारी गराउनुभयो । उहाले आगामी बर्ष बार्षिक कारोबार २४ करोड ९२ लाख पुर्याउने लक्ष्यसहितको प्रतिवेदन पेश गर्नुभयो ।
यस्तै संस्थाका सचिव टेकराज केसीले बार्षिक प्रगति प्रतिवेदन पेश गर्दै सहकारीले गरेका कार्यको बारेको प्रतिवेदन पेश गर्नुभएको थियो ।
कान्तिपुर सहकारी संस्थाका अध्यक्ष रमेश खड्काले आगामी आर्थिक बर्षको लागि नीति कार्यक्रम पेश गर्दै हाल ६ सय ८९ रहेको शेयर सदस्यको संख्या २ हजारभन्दा धेरै पुर्याइने बताउनुभयो ।
उहाले सहकारीको लगानीलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्ने सहकारीका कामहरु थप प्रविधिमैत्री बनाइने उद्घोष गर्नुभयो ।
सहकारीबाट अहिले सववाहन संचालनसँगै रेमिट्यान्स लगायका कामहरु गरिहेको भन्दै आगामी दिनमा अझै वित्तिय सेवाहरु थपिने बताउनुभयो । साधरणसभाबाट संस्थाको बार्षिक प्रतिवेदन समेत पास भएको छ ।
कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिनोदसिंह विष्टले सहकारीहरु माथी पछिल्लो समय चुनौतीहरु रहेको भन्दै अब सहकारीहरुको लगानी उत्पादनशिल क्षेत्रमा हुनुपर्नेमा जोड दिनुभयो ।
सानो लगानीबाट ठुलो पुँजी बनिरहेको अवस्थामा सहकारीहरुका कर्महरु जनमैत्री हुनुपर्ने बताउनुभयो ।
साधरणसभाबाट असल बचतकर्ता, असल ऋणी र उत्कृष्ट कर्मचारीको रुपमा तिनजना सम्मानित समेत भएका छन् ।
कान्तिपुर वहुउद्देश्यीय सहकारी संस्थाको बार्षिक साधरणसभा सम्पन्न
कान्तिपुर वहुउद्देश्यीय सहकारी संस्थाको बार्षिक साधरणसभा सम्पन्न
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु