सुर्खेत । गृहमन्त्री रमेश लेखकले देशमा स्थायित्व र विकासको गति अगाडी बढाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
नेपाली काँग्रेस सुर्खेतले आज वीरेन्द्रनगरमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले सरकारले जनतालाई अनुभुत हुनेगरी काम गरिरहेको बताउनुभएको हो ।
देशमा स्थायी सरकार आवश्यक परेका कारण दुइ ठुला दलको गठबन्धनको सरकार बनेको बताउँदै यो सरकारको मुख्य उद्देश्य भनेको देशमा स्थायित्व, विधिको साशन कायम गर्दै भष्ट्राचार नियन्त्रण गरेर सुशानसन कायम गर्नु रहेको बताउनुभयो ।
देशमा विशेष खालका समस्याहरु देखा पर्छन् त्यस्तो बेलामा ठुला दलहरु मिलेर राष्ट्रिय एजेण्डालाई सम्बोधन गर्ने गरेका छौँ । मन्त्री लेखकले भन्नुभयो, “मुलकमा अस्थिरता, अराजकता हुन थाल्यो । गएको डेढ बर्षमा सम्मानिय प्रधानमन्त्रीले दुई÷दुई महिनामा संसदमा गएर विश्वासको मत लिनुपर्ने अवस्था देखा पर्यो,” उहाले थप्नुभयो, सरकार अत्यन्त अस्थित हुदा देशको आर्थिक गतिविधि चलायमान हुन सकेन । विकासका काम सही ढङ्गले अगाडी बढ्न सकेनन् । शान्ति सुरक्षा तथा विधिको शान्ति सुरक्षा र विधिको साशनमा प्रतिकुल असर पर्न थाल्यो । समग्रमा देशमा स्थायी सरकार चाहियो भन्ने मुख्य मुद्धाका कारण दुइ ठुला दलको गठबन्धनको सरकार बनेको हो,”
सरकारको मुख्य उद्देश्य देशमा स्थायित्व, विधिको साशन कायम गर्दै भष्ट्राचार नियन्त्रण गरेर सुशानसन कायम गर्नु रहेको गृहमन्त्री लेखकको भनाई छ ।
आर्थिक विकासका गतिविधि अगाडी बढाउने र यो संविधानलाई रक्षा गरेर संघिय लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ गरेर देशमा दिगो शान्ति स्थापन गर्नु सरकारको जिम्मेवारी रहेको उहाको भनाई छ ।
गृहमन्त्री लेखकले कर्णाली सम्भावना बोकेको प्रदेश भएको भन्दै यहाँ जडिबुटी र पर्यटकीय सम्भावनालाई अवसरमा बदल्नुपर्ने बेला आएको बताउनुभयो ।
कर्णालीमा प्राकृतिक सौन्दर्यता भरिएको प्रदेश हो । उहाले भन्नुभयो, “सबैभन्दा धेरै विद्युत उत्पादनको सम्भावना पनि कर्णालीमा छ । यती धेरै सम्भावना छन् भने हामीले कमजोर ठान्नुपर्ने, मन सानो ठान्नुपर्नेभन्दा पनि हाम्रा सम्भावनालाई कसरी अवसरमा बदल्ने भन्नेमा लाग्नुपर्छ ।”
कर्णाली प्रदेशका प्रहरी कार्यालयहरु अहिले पनि नेपालगञ्जबाट चलिरहेको अवस्था रहेको भन्दै ति कार्यालयहरु चाँडै सुर्खेतमा ल्याइने उहाले प्रतिवद्धता जनाउनुभयो ।
देशमा स्थायित्व र विकासको गति अगाडी बढाउन सरकार दृढ छः गृहमन्त्री लेखक
देशमा स्थायित्व र विकासको गति अगाडी बढाउन सरकार दृढ छः गृहमन्त्री लेखक
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

