सुर्खेत । गृहमन्त्री रमेश लेखकले सरकार सबै नागरिकको मानवअधिकार रक्षाको लागि प्रतिवद्ध रहेको बताउनुभएको छ ।
कर्णाली प्रदेश स्तरिय सुरक्षा गोष्ठीमा भाग दिन सुर्खेत आउनुभएको गृहमन्त्री लेखकले नेपाल प्रेस युनियन सुर्खेत सरकार सबै नागरिकको मानवअधिकारप्रति प्रतिवद्ध रहेको बताउनुभएको हो ।
उहाले पूर्व गृहमन्त्री रवि लामिछानेमाथी कुनै मानवअधिकारको कार्य प्रहरीबाट नभएको भन्दै लामिछानेकै सुरक्षाको लागि राति अड्डासार गरिएको दाबी लेखकले छ । हामी सबै नागरिकको मानवअधिकारप्रति प्रतिवद्ध छौँ । मन्त्री लेखकले भन्नुभयो, “कसैको मानवअधिकार हनन् भएको छैन र हुँदैन, जहाँसम्म रवि लामिछानेको कुरा छ, उहाँकै सुरक्षाको लागि राति नै चितवनबाट पोखरा लगिएको हो, यसमा काहाँ मानावअधिकार हनन् हुन्छ ?”
लाखौँ सर्वसाधरण जनताको रकम दुरुपयोग भएको सन्दर्भमा अनुसन्धान भइरहेको भन्दै भिड जम्मा गरेर अनुसन्धान प्रभावित गर्ने काम भएको उहाको भनाई छ । अनुसन्धान भइरहेको विषयमा कहिले प्रहरी कार्यालय घेरेको छ, कहिले सरकारी वकिल कार्यालय घेरेको छ, कहिले अदालत घेरेको छ, अनि यो भिडले हो न्याय निरुपन गर्ने,” गृहमन्त्री लेखकले प्रश्न गर्नुभयो ।
रवि लामिछाने मात्रै नभएर सहरकारी अपचलनमा धेरै व्यक्तीहरुमाथी अनुसन्धान भइरहेको भन्दै यसको निक्र्यौल अदालतले गर्ने बताउनुभयो ।
उहाले सडकमा भिड जम्मा नगर्न र अदालतको कामलाई प्रभावित नगर्न सुझाव समेत दिनुभयो । गृहमन्त्री लेखकले भन्नुभयो, “न्याय दिने अदालतले होलनी, भिडले न्याय दिन्छ र ? यसमा प्रमुख प्रतिपक्षि दलको नेताले समेत अदालतलाई समेत प्रभावमा पार्नेगरी प्रस्तुत हुनु बिडम्बना हो ।”
पत्रकारहरुको प्रश्नमा जवाफ दिँदै उहाले अहिलेको सरकार आगामी निर्वाचनसम्म रहने भन्दै यसमा आशंक गर्नुपर्ने कुनै कारण नरहेको बताउनुभयो ।
नागरिकको मानवअधिकार रक्षामा प्रतिवद्ध छौँः गृहमन्त्री लेखक
नागरिकको मानवअधिकार रक्षामा प्रतिवद्ध छौँः गृहमन्त्री लेखक
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु