सुर्खेत । अपाङ्गताको क्षेत्रमा गरेको कामको प्रसंशा गर्दै परिलक्षित संस्था सम्मानित भएको छ ।
सुर्खेतको भेरीगंगा नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि भेरीगंगा नगरपालिकामा रहेका अपाङ्गता भएका व्यक्ती तथा बालबालिकहरुको आत्मनिर्भरतामा संस्थाले पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो ।
संस्थाले अपाङ्गता भएका व्यक्तीहरुको आत्मनिर्भरता, आयआर्जन र शैक्षिक क्षेत्रमा काम गर्दै आएको छ ।
संस्थाले गरेका कार्यहरु व्यवहारिक र दिगो आत्मनिर्भर हुने खालका रहेको बताउँदै भेरीगंगा नगरपालिका प्रमुख यज्ञ प्रसाद ढकालले आगामी दिनमा पनि सहकार्य गरेर काम गरिने बताउनुभयो ।
संस्थाका कामप्रति आफुहरु प्रभावित भएको भन्दै परिलक्षित संस्थाका आगामी योजनामा सहकार्य गर्दै अगाडी बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
परिलक्षित संस्थाका परियोजना प्रमुख राजु लामिछानेले संस्थाको उच्च मुल्याङ्कन गरिएकोप्रति धन्यवाद दिँदै आगामी दिनमा अझै सिर्जनशिल काम गर्न प्रेरेरित गरेको बताउनुभयो ।
कार्यक्रममा नगरउपप्रमुख धनसरा बोहोरा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पोख्रेल, शाखा प्रमुख सविता राणा लगायतको सहभागिता रहेको थियो ।
भेरीगंगा नगरपालिकाले गर्यो परिलक्षित संस्थालाई सम्मान
भेरीगंगा नगरपालिकाले गर्यो परिलक्षित संस्थालाई सम्मान
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु