सुर्खेत । कामको सिलसिलामा भारत गएका जुम्ला चन्दननाथ नगरपालिका–७ मिचा गाउँका १३ जनाको उद्धार गरिएको छ ।
आफूहरू भारतमा अलपत्र परेको भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेपछि उनीहरूको उद्धार भएको हो । भारतको अरुणाचलमा अलपत्र परेका उनीहरूको उद्धार गरिएको हो ।
उनीहरूलाई लैजाने व्यक्तिले नै धोका दिएपछि आफूहरू अलपत्र परेको उनीहरूले सामाजिक सञ्जालमा लेखेका थिए ।
जुम्लाकी प्रतिनिधिसभा सदस्य छिरिङ ल्हामु तामाङले ८० हजार, मिचा गाउँका शैलेन्द्र केसीले ४५ हजार र कर्साङ ठकुरीले १६ हजार रुपैयाँ पठाइदिएपछि उनीहरूको सकुशल उद्धार भएको हो । अहिले उनीहरू नेपाल फर्किने तयारीमा रहेको सांसद तामाङले बताउनुभयो।
भारतमा अलपत्र जुम्लाका १३ जनाको उद्धार
भारतमा अलपत्र जुम्लाका १३ जनाको उद्धार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु