सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेश अस्पतालमा छुट्टै मानसिक स्वास्थ्य उपचार युनिट स्थापना गर्न लागिएको बताउनुभएको छ ।
आजदेखि वीरेन्द्रनगरमा सुरु भएको स्वास्थ्यकर्मीहरुका लागि मानसिक स्वास्थ्य सम्बन्धी ‘एमएच ग्याप मोडेल टु बि’ को सुभारम्भ गर्दै मन्त्री भण्डारीले मानसिक स्वास्थ्य समस्याको उपचार गर्न छुट्टै सुविधा सम्पन्न युनिट स्थापना गर्न गृहकार्य भइरहेको बताउनुभयो ।
मानसिक स्वास्थ्यको प्रवद्र्धन गर्न प्रदेश भित्रका सबै जिल्लादेखि वडातहसम्म रहेका स्वास्थ्य संस्थाहरुले सरकारद्वारा तय गरेको रणनीति अनुरुप अगाडि बढे स्वस्थ समाज निर्माण गर्न सकिने मन्त्री भण्डारीको भनाई थियो ।
पछिल्लो समय सानै उमेरका बालबालिकामा पनि मानसिक समस्या विकराल बन्दै गएका प्रति सरकार सचेत रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले यसको निराकरणमा स्वास्थ्यकर्मीको भुमिका महत्वपूर्ण हुने बताउनुभयो ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सरकारले निशुल्क उपलब्ध गराउने औषधीको उपलब्धता सुनिश्चित गरी मानसिक स्वास्थ्य सुधारमा स्वास्थ्यकर्मीको भुमिका अहम् रहने मन्त्री भण्डारीले बताउनुभयो ।
तालिम पश्चात मानसिक स्वास्थ्यप्रति समाजमा रहेको नकरात्मक दृष्टिकोणकोण चिर्दै समस्यामा रहेका व्यक्तिलाई खुलेर आउने वातावरण प्रशिक्षार्थीले तय गर्नुपर्ने मन्त्री भण्डारीको धारणा थियो ।
सामाजिक विकास मन्त्रालयको आयोजनामा बिहिबारदेखि सुरु भएको मानसिक स्वास्थ्य सम्बन्धि तालिम पाँच दिनसम्म चल्नेछ ।
उक्त तालिममा कर्णालीका १० वटै जिल्लाका प्राथमिक, आधारभुत, सहरी तथा अन्य स्वास्थ्य संस्थामा कार्यरत जनस्वास्थ्य निरिक्षक, सिनियर अहेव, अहेब लगायत २२ जना स्वास्थ्यकर्मी सहभागी छन् ।
कर्णाली प्रदेश अस्पतालमा मानसिक स्वास्थ्य उपचार युनिट बनाउँछौः मन्त्री भण्डारी
कर्णाली प्रदेश अस्पतालमा मानसिक स्वास्थ्य उपचार युनिट बनाउँछौः मन्त्री भण्डारी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु