सुर्खेत । सुर्खेत वीरेन्द्रनगरको गणेश चोक क्षेत्रमा बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा केही पसलहरुमा म्याद गुज्रेका सामग्रीहरु फेला परेपछि नष्ट गरिएको छ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुर्जेका सामाग्री भेटिएपछि नष्ट गरिएको हो ।
वीरेन्द्रनगर नगरपालिका गणेश चोक स्थित विभिन्न १३ वटा पसलमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा करिब ५ हजारको म्याद गुर्जेका दालमोठ, मसला लगायतका सामग्री नष्ट गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रशासकीय अधिकृत थिर बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
अनुगमनको क्रममा भेटिएका कमिकमजोरी सुधार्न सुझाब सहित व्यापारीलाई कारवाहीको चेतावनी दिइएको उहाले बताउनुभयो ।
पछिल्लो समय आम उपभोक्ताहरुमा सचेतना भने फैलिएको भन्दै कमजोरी कसैले गर्न नहुने उहाको भनाई छ ।
निर्देशनालयको अगुवाईमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, नापतौल कार्यालय, जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्च सुर्खेत, सुर्खेत उद्योग वाणिज्य संघको संयुक्त टोली वीरेन्द्रनगरका विभिन्न पसलहरुको अनुगमन गरेको हो ।
सुर्खेतमा बजार अनुगमन म्याद गुर्जेका ५ हजार बराबरको सामग्री नष्ट
सुर्खेतमा बजार अनुगमन म्याद गुर्जेका ५ हजार बराबरको सामग्री नष्ट
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु