सुर्खेत । दैलेख गुराँस गाउँपालिका वडा नम्बर ८ मा रहेको मालिका मावीका एकजना शिक्षकले दिएको भनिएको अभिव्यक्तीले जातिय विभेद भएको भन्दै सामाजिक सञ्जालमा छरपस्ट छायो । एकाएक युट्युवमा चर्चामा आएको यो विषय भने चार महिना अगाडीको हो । दशैं विदा हुनुभन्दा अगाडी त्यही विद्यालयमा पढाउने भक्तिनाथ गौतमले दिएको अभिव्यक्तीलाई लिएर विवादमा ल्याइएको हो ।
विवाद केही हदसम्म साम्य त भएको छ, तर जातिय विभेद भनिएको घटनाले मिलेर बसेको समाजलाई भट्काउने काम भएको भन्दै नागरिकहरु आक्रोसित भएका छन् ।
उनिहरुले लालिकाँडामै अहिलेसम्म जातिय विभेदका कुनै पनि कार्य नभएको भन्दै मिलेर बसेको समाजलाई भट्काउने काम भएको भन्दै आपत्ती जनाएका हुन् ।
समाधान भइसकेको विषयमा दलित समुदायका विद्यार्थीहरुलाई सिकाएर बोल्न लगाई एकतर्फी समाचार बनाइएको विषयमा मालिका माविको अभिभावक भेलाले युट्युव र फेसवकुबाट अफवाह फैलाउनेगरी प्रचार गरिएको विषय हटाउन आग्रह गर्ने र आवश्यक कारवाहीका लागि प्रेस काउन्सिलमा उजूरी गर्ने निष्कर्षमा पुगेको गुराँस गाउँपालिका–८ का वडाध्यक्ष दिपेन्द्र ओलीले बताउनुहुन्छ, ‘तपाईँले बुझ्न सक्नुहुन्छ, हाम्रो समाजमा दलित गैर दलित भनेर छुट्याउने ठाउँ नै भेट्टाउनुहुन्न, हाम्रो वडाका हरेक सामाजिक कार्य संयुक्त रुपमा हुने गर्दछन् तर यहाँ बाहिरका मानिसहरु आएर अफवाह फैलाउने र समाज भट्काउने काम भएको छ, म स्पष्ट जफावमा भन्न चाहान्छु मिलेर बसेको समाजलाई भट्काउने काम जोकोही भएपनि गलत हो ।’
के थियो घटना ?
विवादको जड मालिकामा मावि मकुटकका शिक्षकले प्रसंगबस कक्षामा दिएको अभिव्यक्ति हो । विद्यालयमा दशैं विदा सुरु हुने घटस्थापनाको अघिल्लो दिन अर्थात ४ महिना अगाडी असोज १६ गते कक्षा ९ मा सामाजिक विषयको चाडपर्व सम्बन्धी ‘सँस्कृतिको नयाँ यात्रा’ पाठ पढाउने क्रममा शिक्षक भक्तिनाथ गौतमले दलित र जनजातिहरुको भड्किलो आहारविहार प्रसंगमा राँगाको मासु दलित समुदायले डोकोमा लिएर धेरै खान्छन्, बाहुनक्षेत्रीले खसीको मासु प्लाष्टिकमा लिएर जान्छन्’ भनेर व्याख्या गरेको प्रसंग विवादको विषय बन्यो ।
‘जीवनशैली सुधार हुनुपर्छ भन्ने अर्थमा भनेको हुँ अन्यथा नमान्नु भनी कक्षामा चर्चा गरेको थिएँ । यो सन्दर्भमा त्यही विद्यालयका गणित÷विज्ञान शिक्षक रणबहादुर तिरुवाले आपत्ति जनाएपछि माफी पनि मागी सकेको थिएँ । आफ्नो स्पष्टीकरण समेत नराखी सुल्झिसकेको विषय सामाजिक सञ्जालमा सम्प्रेषण गरिएकोमा दुखी छु’ शिक्षक गौतमले भन्नुभयो,’
चार महिना अगाडीको विषय युट्युव लगायत सामाजिक सञ्जालमा राखिएपछि अहिले गुराँस गाउँपालिका वडा नम्बर ८ लाई अशान्त बनाइएको हो । शिक्षकद्वय भक्तिनाथ गौतम र रण बहादुर तिरुवा गुराँसका स्थायी नागरिक भने होइनन् ।
विद्यालयका प्रधानाध्यापक भक्तबहादुर बस्नेतले आफूसंग गरिएको भिडियो प्रतिक्रिया समाचारमा नराखेको बताउनुभयो ।मालिका मावि मकुटककी बाल क्लवका अध्यक्ष अस्मिता खड्काले ‘दलितले मात्र बोल्ने हो तिमीले बोल्नुपर्दैन’ भनी युट्युवरले हप्काएर बाहिर पठाएको प्रतिक्रिया दिनुभएको छ ।
भिडियोमा बोलेका बालबालिकाहरुले पनि आफूहरुलाई यसरी बोल भनी सिकाएर बोल्न लगाएको अभिभावक भेलामा बताउनुभएको छ ।
के भन्छन दलित समुदायका अगुवा
अहिले यो घटनाको विषयमा दलित अधिकारकर्मी र अगुवाहरुले अध्यन गरेका छन् । नेकपा एमालेका नेता समेत रहेका दलित समुदायका अगुवा कर्ण बहादुर विकले अहिलेसम्म जातिय विभेदको कुनैपनि घटना गुराँस गाउँपालिका वडा नम्बर ८ मा नभएको बताउनुहुन्छ, ‘हाम्रो वडामा जातिय विभेदको कुनै पनि घटना भएको देखिदैन्, एकाएक युट्युवमा त्यो घटना सार्बजनिक भएपछि कर्णले भन्नुभयो,’
मिलेर बसेको र सद्भाव कायम भएको हाम्रो वडालाई विवादित बनाएको छ, वडाभर सबै टोल वस्तीमा काँही कतै दलित समुदायले विभेदको सामाना गर्नुपरेको म देख्दिन् । यही वडाको उदाहरण अन्य ठाउँमा मैले भन्ने गरेको छु विकले भन्नुभयो,’ ‘दलित समुदाय र गैर दलित समुदाय यसरी मिलेर बसेको समाजलाई भट्काउने काम भएको छ, त्यसको समाधानको लागि हामी अहिले लागिरहेका छौँ ।’
बाहिरका मानिसहरुले वडाको सद्भाव नै विथोल्ने काम भएको भन्दै आफ्नो आपत्ती रहेको उहाको भनाई छ ।
घटनाबारे आफूहरु उजुरीमा जाने तयारी रहेको दलितका लागि दलित अभियानका अभियानकर्ता गम्भीरसिंह भुल बताउनुहुन्छ । आफू समेत विद्यालयमा पुगेर घटना अध्ययन गरिसकेकोले कानूनी प्रक्रियामा जाने तयारी गरेको उहाँको भनाई छ । आरोपितको शिक्षकको भनाई र विद्यालयका प्रधानाध्यापकको टिप्पणी समाचारमा छुटेकोमा कमी रहेको अभियानकर्ता भुलले स्वीकार गर्नुभयो ।
विवादमा परेका दुबै जना शिक्षक अस्थायी भएकोले हटाउन सजिलो हुन्छ, हटाउनपर्छ भन्ने चर्चा पनि सुरु भएको छ । सुल्झिसकेको बासी समाचार सामाजिक सञ्जालमा आएको विषयले दुई जना शिक्षकको जागिर धरापमा परेको छ ।
जातिय विभेद भनिएको मालिका मावीको के हो घटना ?
जातिय विभेद भनिएको मालिका मावीको के हो घटना ?
"बाहिरबाट आएका शिक्षकको अभिव्यक्ती: स्थानीयलाई तनाव "

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु