सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ को लाटिकोइलीमा एकजना बालकको पानीमा डुबेर मृत्यु भएको छ ।
अन्दाजी दश बर्षिया बालक पानीको डुबेको अवस्थामा स्थानीयले फेला पारि अस्पताल पुर्याएपनि अस्पतालले मृत घोषणा गरेको हो ।
प्रहरीका अनुसार ति बालक सनाखत हुन सकेको छैन । घटनाको प्रकृती हेर्दा बालक पौडी खेल्न आएको जस्तो देखिएको प्रहरीले जनाएको छ । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी डिएसपी वीरेन्द्रबिर विश्वकर्माले जानकारी दिनुभयो ।