सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले कर्णाली ऐतिहासिक र सभ्यतासँगै सम्भावना नै सम्भावनाले भरिएको प्रदेश रहेको भन्दै यसलाई अवसरमा बदल्ने बेला आएको बताउनुभएको छ ।
मुख्यमन्त्री कँडेलले कर्णाली उत्सवको छैठौंँ संस्करण उद्घाटन गर्दै कर्णालीका हरेक जिल्लामा सम्भावनाले भरिएको भन्दै यसलाई अवसरमा बदल्नुपर्ने बेला आएको बताउनुभएको हो ।
नेपाली भाषाको उद्गम स्थल जुम्ला कर्णालीको गौरव भएको भन्दै यहाँका संस्कृती र सभ्यता समृद्धीको आधार रहेको मुख्यमन्त्री कंडेलको भनाई छ ।
“कर्णाली प्रदेश सम्भावना नै सम्भावनाले भरिपूर्ण प्रदेश हो । हिमाल, पहाड, नदी, वनजंगल, कृषि भूमिलगायत औषधिजन्य उत्पादनको सम्भावना छ । मुख्यमन्त्री कंडेलले भन्नुभयो,” “मानसरोवर जाने बाटोदेखि यहाँको सभ्यता र संस्कृतीलाई देशमा मात्रै होइन, विदेशसम्म परिचित छ । कर्णालीको पानी र जडीबुटी संसारकै उत्कृष्ट छ ।”
धार्मिक र आर्थिक दृष्ट्रिले चिन र भारतको ढोका कर्णाली भएको भन्दै उहाले कर्णालीले मानसरोवर एवम् मध्यएसिया पुग्ने सिल्क रोडलाई प्रतिनिधित्व गर्ने गरेको मुख्यमन्त्री कँडेलले बताउनुभयो ।
कर्णाली बोल्नासाथ हाम्रो जनजिब्रोमा झुन्डिएको र कर्णालीवासीले मन पराएको कर्नालीलाई सम्झने र मनन गर्ने र एक पटक पुगेर अनुभव गर्ने भन्ने जो सुकैको मनमा लाग्ने गरेको मुख्यमन्त्री कँडेलले बताउनुभयो ।
यती धेरै सम्भावना भएको कर्णाली प्रदेशलाई अभाव र गरिबीसँगै विकटताको मानसिकताले हेर्ने गरिएको भन्दै मुख्यमन्त्री कंडेलले असुन्तुष्टी जनाउनुभयो ।
दुखका साथ भन्नुपर्छ देशकै अनुपम र सम्भावना बोकेको कर्णालीलाई हेर्ने दृष्ट्रिकोण भने गलत छ । बर्षौदेखि रोग, भोक र गरिबी भनेर कर्णालीलाई नकरात्मक भाष्य निर्माण गरियो मुख्यमन्त्री कंडेलले भन्नुभयो ।
अब कर्णालीलाई हेर्ने नकरात्मक दृष्ट्रिकोण बदल्न सक्ने ताकत आफुहरुसँग भएको मुख्यमन्त्री कंडेलको भनाई छ ।
कर्णाली प्रदेश सरकारका पूर्वाधार राज्यमन्त्री गमता विकले कर्णाली पछाडी परेको नभई पछाडी पारिएको भन्दै विद्युतको सम्भावना भएको प्रदेशमा केही बर्ष अगाडीसम्म उज्यालो केले दिन्छ भन्ने समेत जानकारी नपाएको उदाहरण दिनुभयो ।
कर्णाली उत्सवमा परिकल्पनाकार समेत रहेका पूर्व सचिव केवल प्रसाद भण्डारीले चेतनाको स्तर जति नै हुठ्छ त्यती नै बिचार बिमर्षमागथी वहस हुने गरेको बताउनुभयो । अब कर्णाली अध्यारोबाट उज्यालोतिर जान थालेको उहाको भनाई छ ।
उद्घाटन समारोहमा बोल्दै वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेती, प्रदेश योजना आयोगका उपाध्यक्ष सुर्यनाथ योगी, राजनितिक चिन्तक आहुती लगायतका व्यक्तीहरुले कर्णाली संस्कृती र सभ्यताको खानी भएकाले हरेक विषयको अध्ययन गर्ने भुमी रहेको बताएका थिए ।
कर्णालीलाई चिनाउने नाम दिइएको उत्सवमा विभिन्न विषयमा मन्थन गरिने आयोजकले जनाएको छ ।
कर्णाली ऐतिहासिक र सम्भावनाको प्रदेश होः मुख्यमन्त्री कंडेल
कर्णाली ऐतिहासिक र सम्भावनाको प्रदेश होः मुख्यमन्त्री कंडेल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
