सुर्खेत । दैलेखमा रुखले च्यापिएर दुई जनाको मृत्यु भएको छ । शुक्रबार बिहान भैरवी गाउँपालिका– ५ ढाडगाँउस्थित सियाला सामुदायिक वनमा रुख काट्ने क्रममा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षीय इन्द्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक सुनिल दाहालले जानकारी दिनुभयो ।
प्रहरी प्रमुख दाहालका अनुसार आफन्तको वार्षिक पुण्य तिथिका लागि दाउरा काट्न गएका बेला रुखले च्यापेर मृत्यु भएको हो । उनीहरुलाई उपचारका लागि घरतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु थियो ।
दैलेखमा रुखले च्यापिएर दुई जनाको मृत्यु
दैलेखमा रुखले च्यापिएर दुई जनाको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु