काठमाडौं । कर्णाली प्रदेशमा आगामी वर्ष जेठमा हुने दशौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक भएको छ । मंगलबार एक कार्यक्रमका बीच लोगो र मस्कट सार्वजनिक गरिएको हो ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले रिमोट थिचेर लोगो र मस्कट सार्वजनिक गर्नुभएको हो ।
मन्त्री चौधरीसँगै राखेप उपाध्यक्ष ध्रुव आचार्यले भौतिक रुपमा लोगो र मस्कट अनावरण गर्नुभयो । लोगो र मस्कट दुवै विकास तमकुजुले बनाउनुभएको हो ।
मस्कटमा रेड पाण्डा (हाब्रे) राखिएको छ भने लोगोमा ७ रङ, चन्द्र र सुर्य अंकित छ । मन्त्री चौधरीले लोगो निकै राम्रो बनेको उल्लेख गर्नुभयो ।
दशौं राष्ट्रिय खेलकुदका लागि खेलाडी दर्ता अनलाइनबाट हुने भएको छ । खेलाडी दर्ता पोर्टल पनि कार्यक्रममार्फत लञ्च गरिएको छ जहाँ खेलाडी र प्रशिक्षकले आफ्नो नाम दर्ता गर्ने सक्नेछन् ।
सँगै दशौं राष्ट्रिय खेलकुदको डेडिकेटेड अनलाइन पोर्टल पनि सार्वजनिक गरिएको छ ।
दशौं राष्ट्रिय खेलकुद २०८२ जेठ ३–१० सम्म कर्णाली प्रदेशमा हुने तय छ । खेलकुद प्रतियोगिताको मिति दोस्रोपटक सरेर तेस्रो पटक तोकिएको हो ।
सुरुमा २०८१ मंसिरमा गर्ने तय भएपनि सरेर २०८१ चैतमा पुगेको थियो । त्यसपछि फेरि सरेर २०८२ साल जेठमा हुने तय भएको थियो ।
दशौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक
दशौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु