सुर्खेत । कर्णाली प्रदेशमा यो बर्ष गर्मीयाम शुरु नहुँदै आगलागी घटनाहरु बढ्न थालेका छन् ।
चालु बर्षको फागुन मसान्तसम्ममा एकसय २२ वटा आगलागीका घटनाहरु भएका छन् ।
अगालागीका घटनामा परि ५ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । भने एक सय ४२ वटा पशुचौपाय मरेको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा जनाइएको छ ।
एक महिनाको अवधीमा मात्रै प्रदेशभर ३० वटा आगलागीका घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम प्रहरी वरिष्ट उपरिक्षक शिव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कर्णालीमा चालु बर्षमा आगलागी घटना बढेको भन्दै आवश्यक पूर्व तयारी गर्न आवश्यक रहेको उहाले बताउनुभयो ।
प्रदेशभर यो बर्ष मात्रै भएका आगालागीका घटनाबाट ७ करोड ४० लाख बराबरको क्षती भएको प्रहरीको तथ्याङ्क छ ।
गत बर्ष कर्णालीमा ३ सय ४२ वटा आगालागीका घटना भएका थिए । ति घटनामा १८ जनाको मृत्यु भएको थियो भने २१ जना घाइते भएका थिए । १७ करोड ५६ लाख बराबरको क्षती भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
यसैबिच, गएको एक महिनामा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु भएको छ ।
वर्षा कम भएको र सुक्खा मौसमका कारण देशका ठाउँठाउँमा आगलागीका घटना भइरहेका छन् । अब आगलागीका घटना बढ्ने भएकाले सचेत हुन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।
कर्णालीमा चालु बर्षको फागुनसम्म आगालागीका घटनामा परि पाँच जनाको मृत्यु
कर्णालीमा चालु बर्षको फागुनसम्म आगालागीका घटनामा परि पाँच जनाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
