सुर्खेत । कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउनेगरी रासायिनिक विषादी प्रयोगलाई न्युनिकरण गर्ने लिखित प्रतिवद्धता जनाइएको छ ।
एकीकृत कृषि प्रयोगशाला सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको विषादी मुक्त सप्ताह समापन कार्यक्रमका सरोकारवालाहरुले कर्णालीमा रासायिनिक विषादीको प्रयोगलाई घटाउने लिखित प्रतिवद्धता जनाएका हुन् ।
कर्णाली प्रदेशका भुमीका व्यवस्था कृषि तथा सहकारी मन्त्री बिनोद कुमार शाह, मन्त्रालयकासचिव पर्शुराम रावत, नेपाल अर्वुद रोग निवारण संस्थाका केन्द्रिय उपाध्यक्ष नारायण कोईराला लगायतका कर्णालीका सरोकारवालाहरु लगायतको सहभागितमा ४ बुँदे लिखित प्रतिवद्धता जनाइएको हो ।
कर्णाली प्रदेश सरकारको प्राङ्गारिक कृषिको आधार तयार गर्दै रैथाने बालीको संरक्षण तथा प्रवर्धन गर्ने नीतिगत निर्णयमा सबैजना ऐक्यबद्ध रहेको प्रतिवद्धतामा उल्लेख छ ।
यस्तै, “विषादी औषधी होइन, विष हो” भन्ने मान्यतालाई आत्मसाथ गर्दै रासायनिक विषादीको प्रयोग न्यूनीकरण गर्ने प्राङ्गारिक तथा जैविक विषादीको प्रयोगलाई वढावा दिने, समुदाय स्तरमा कृषकहरुले प्रयोग गर्ने रासायनिक विषादीलाई न्यूनीकरण गर्दै प्राङ्गारिक÷ जैविक विषादी प्रयोग तथा प्रवद्र्धनमा जनचेतना अभियान संचालनमा प्रतिवद्ध रहेको जनाइएको छ ।
कृषि क्षेत्रमा रोग, किरा तथा झारपात व्यवस्थापनको लागि प्राङ्गारिक तथा जैविक विषादीको प्रयोग तथा प्रवद्र्धनको लागि सरकारी तथा गैर सरकारी निकायहरुबाट वार्षिक कार्यक्रमहरु समावेश गर्न प्रतिवद्ध रहेको प्रतिवद्धता जनाइएको छ ।
ल्याव परिक्षणमा जोड दिन सुझाव
सहभागिहरुले कर्णाली प्रदेशमा स्थापना गरिएका विषादी परिक्षण गर्ने ल्यावहरुलाई व्यवस्थित गरि परिक्षणबिना तरकारी वस्तुहरु विक्रि वितरण गर्न नपाइने व्यवस्था गर्न सुझाव दिएका छन् ।
प्रदेश सरकारले वीरेन्द्रनगर, हर्रे र सल्यानको कपुरकोटमा विषादी परिक्षण गर्ने ल्यावको स्थापना गरेको भएपनि प्रभावकारी रुपमा संचालन हुन सकेका छैनन् ।
बुलबुले कृषि बजारमा रहेको प्रगोशालामा परिक्षण हुन अगाडी नै विक्रीवितरण हुने गरेको भन्दै ल्याव परिक्षणबिना विक्रिवितरण गर्न नपाइने व्यवस्था गर्न सुझाव दिएका हुन् ।
भारत लगाएत बाहिरबाट आउने तरकारी तथा फलफूल भन्दा स्थानिय स्तरमै उत्पादित वस्तुमा बढि विषादी रहेको पाइएको उनिहरुको भनाई छ ।
कार्यक्रममा कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद शाहले रासयनिक मलको विकल्प सोच्नुपर्ने बेला आएको बताउनुभएको छ ।
उहाँले बढी कृषि उत्पादन गर्ने लोभमा रासायनिक विषादीको प्रयोग बढ्दै गएको पाइएको भन्दै यसलाई सबै मिलेर रोक्नुपर्ने उल्लेख गर्नुभयो । “हामीले प्रदेशलाई अर्गानिक प्रदेश बनाउने अभियान चलाइरहेका छौँ, तर विषादीयुक्त वस्तुहरुको प्रयोग घट्न सकेको छैन्, अब प्रदेश सरकारले विभिन्न विकल्पमा काम गर्छ मन्त्री शाहले भन्नुभयो,”
किसानलाई रासायनिक विषादीको सट्टा जैविक विषादीमा सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
मन्त्री शाहले कर्णाली प्रदेशमा भित्रिने तरकारीको विषादी परीक्षणका लागि सुर्खेतको बबई र सल्यानको कपुरकोट नाकामा विषादी परीक्षण प्रयोगशालालाई प्रभावकारी बनाइे प्रतिवद्धता जनाउनुभएको छ ।
यस्तै मन्त्रालयका सचिव सचिव परशुराम रावतले रोग किरालाई नियन्त्रण गर्ने विषादी नै अहिले चुनौतपका रूपमा रहेको उल्लेख गर्नुभयो ।
उहाँले कर्णालीमा माटो अस्वस्थ रहेको देखिएको हुँदा प्रत्येक बालीपछि माटो परीक्षण पनि गर्नुपर्नेमा जोडदिनुभयो ।
यस्तै कार्यक्रममा नेपाल अर्वुद रोग निवारण संस्थाका केन्द्रिय उपाध्यक्ष नारायण कोईरालाले अहिले रासायनिक विषादीका कारणले क्यानसर लगाएतका रोगहरू लाग्ने गरेको बताउनुभयो ।
यस्तै स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर ललितजंग शाहिले विषादीको प्रयोग कै कारण मुटु, मिर्गौलाका बिरामी बढ्दै गएको समेत बताउनुभयो ।
उहाँले मुटु र मिर्गौला क्यान्सरसंगैबाझोपनका बिरामीहरू बढिरहेका भन्दैयसको प्रमुख कारण रासायनिक विषादीको प्रयोग र त्यसबाट उत्पादन भएको खाद्य वस्तु नै भएको उल्लेख गर्नुभयो ।
एकीकृत कृषि प्रयोगशाला सुर्खेतका प्रमुख चित्रबहादुर रोकायले सप्ताहव्यापी रूपमा गरिएका क्रियाकलापहरूको बारेमा जानकारी गराउनुभयो ।
कार्यक्रममा सुर्खेतमा रहेका अगुवा किसान, विभिन्न संघसंस्थाका प्रमुख एवम प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कर्णाली प्रदेशमा विषादीको प्रयोगलाई न्युनिकरण गर्न साझा प्रतिवद्धता
कर्णाली प्रदेशमा विषादीको प्रयोगलाई न्युनिकरण गर्न साझा प्रतिवद्धता

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु