सुर्खेत । वीरेन्द्रनगर १० मा आज बिहान चलेको गोली एसएलआर, एम सिस्टीन जस्ता ठुला हतियारको भएको प्रहरीले जनाएको छ ।
सामान्यतया गोलिको साइज हेर्दा सानो हतियारमा प्रयोग हुने नभई एसएलआर, एम सिस्टीन लगायतका ठुला हतियारमा प्रयोग हुने गोलि भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
यस्ता ठुला हतियार सुरक्षा नीकाय बाहेक अन्य व्यक्तीहरुसँग नहुने भएकाले यो कुनै अपराधिक क्रियाकलापको लागि नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम डिएसपी वीरेन्द्रबीर विश्वकर्माले जानकारी दिनुभयो ।
गोलि आकासबाट खसेको देखिएको भन्दै डिएसपी विश्वकर्माले यो गोली प्रयोग हुने हतियारबाट तिन किलोमिटर टाढासम्म जान सक्ने बताउनुभयो ।
विशेषगरी चैते दशैंको बेलामा मौलो पुजा गर्ने बेलामा हर्स बडाई साथ सुरक्षा नीकायले पुजा गर्ने चलन छ । आज मौलो पुजा पनि थियो, डिएसपी विश्कर्माले भन्नुभयो, “मौलो पुजामा सुरक्षा नीकायले बढाई गर्ने चलन हुन्छ, समय हेर्दा पनि बिहानको थियो, त्यतीबेला बडाई पनि गरिएको देखिन्छ । यो गोली आकासतिर फर्काएर पड्काएको देखिएकाले कुनै अपराध कर्मका लागि हो जस्तो देखिदैँन, तथापी हामी अनुसन्धान गरिरहेका छौँ,”
कुनै अपराधिक क्रियाकलापको लागि नभएको देखिएको तथापी अनुसन्धान भने जारी रहेको बताउनुभयो ।
जशनिबार वीरेन्द्रनगरमा गोली चलेको छ । वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले टोलस्थित युवराज रिजालको घरमा बिहान अज्ञात स्थानबाट गोली चलेको थियो । गोली छाना छेडेर कोठाभित्र खसेको छ । “गोली खसेको घर परिवार समान्य परिवारका व्यक्तीहरु हुन्, उनिहरुसँग कसैको दुस्मनी पनि छैन, फेरी गोली आकासमा पुगेर फर्किएको देखिन्छ, फेरी हतियार पनि ठुलो भएकाले त्यो हतियार सुरक्षा नीकाय बाहेक अरुले राख्न र चलाउने सम्भावना कम हुन्छ । गोली कसले चलायो र किन चलायो भन्ने अनुसन्धान विषय भएपनि कुनै घटना घटनाउनको लागि चलाइएको होइन्, डिएसपी विश्वकार्माले भन्नुभयो,”–––
वीरेन्द्रनगरमा चलेको गोली ठुलो हतियारको भएको प्रहरीको भनाई
वीरेन्द्रनगरमा चलेको गोली ठुलो हतियारको भएको प्रहरीको भनाई

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु