सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले लुम्बीनी प्रदेशका बाँके र बर्दीयालाई कर्णाली प्रदेशमा मिलाउन सके कर्णालीका लागि स्वागतयोग्य विषय हुने बताउनुभएको छ ।
विभिन्न समयमा बाँके र बर्दीयालाई कर्णाली प्रदेशमा मिलाउनुपर्ने भन्दै आवाज उठ्दै आएको बेला मुख्यमन्त्री कंडेलले आफुहरुको लागि स्वागत योग्य विषय भएको बताउनुभएको हो ।
मुख्यमन्त्री भएको एक बर्ष पुगेको अवसरमा आफ्ना उपलब्धी सार्बजनिक गर्न आज मुख्यमन्त्री कार्यालय सुर्खेतमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री कंडेलले बाँके र बर्दीयालाई कर्णालीमा सामेल गराउनको लागि तयार बाँके र बर्दीयाबासी हुनुपर्ने भन्दै आफुहरु स्वागत गर्न तयार रहेको बताउनुभयो ।
बाँके बर्दीयालाई कर्णालीमा समेल गराउनुपर्छ भन्ने मेरो पनि विषय थियो । मुख्यमन्त्री कंडेलले भन्नुभयो, “आज बाँके र बर्दीयालाई कर्णालीमा सामेल बनाउने कुरामा कर्णालीबासी स्वागत गर्ने ठाउँमा छन्, आउन तयार भएको दिन कसरी स्वागत गर्नुपर्छ हामी सल्लाहा गरौँला । अब तयार उहाँहरु हुनुपर्छ हामी त हिजो पनि आज पनि बाँके र बर्दीयालाई कर्णालीमा मिलाउनुपर्छ भन्नेमा तयार नै छौँ ।”
यो विषयमा अझै छलफल र बहस बढाउनुपर्ने भन्दै मुख्यमन्त्री कंडेलले भौगोलिक र सांस्कृती हिसाबले बाँके र बर्दीया कर्णालीमा रहदा ठिक हुने बताउनुभयो ।
बाँके बर्दीया कर्णालीमा गाभ्न कति सम्भव ?
बाँके र बर्दीया भुगोल, सांस्कृतिक तथा व्यापारिक रुपका आधारमा कर्णालीसँग धेरै नजिक रहेका जिल्ला हुन् । यी दुई जिल्लालाई कर्णालीमा मिलाउनुपर्ने आवाज कर्णालीमा मात्रै होइन, बाँके र बर्दीयामा समेत उठ्दै आएको छ । तर यी दुइ जिल्ला कर्णालीमा गाभ्नको लागि संविधान संशोधन गर्नुपर्छ । त्यसको लागि संसदमा दुइतिहाई बहुमत आवश्यक पर्छ । अहिले संविधान संशोधनको चर्चा चलिरहेको बेला यो विषयलाई पनि समावेश गर्न सके बाँके र बर्दीया कर्णालीमा गाभ्न कठिनाई छैन् । तथापी यसको लागि सबै दलहरु तयार हुनुपर्ने राजनितिक जानकारहरु बताउछन् ।
यसअघि पनि नेपालगञ्ज उपमहानगरपालिकाका तत्कालिन नगरप्रमुख धवलसमशेर राणाले त बाँके र बर्दीयालाई कर्णालीमा गाभ्नेगरी अभियान नै चलाउनुभयो । उहाले उपमहानगरपालिकाबाट निर्णय नै गराएर पहल गर्ने बताउनुभएको थियो । उहाले मात्रै होइन, उद्योगी व्यापारीहरुले समेत बाँके र बर्दीयालाई कर्णालीमा गाभिनुपर्ने आवाज उठाउँदै आएका छन् ।
यो विषयलाई पनि संविधान संशोधनको विषय बनाउनुपर्ने भन्दै बर्दीयाबाट निर्वाचित सांसद सञ्जय गौतमले संघिय संसद मार्फत आफ्नो सुझाव राख्नुभएको थियो ।
कर्णालीलाई पनि हिमाल पहाड तराईको संगम प्रदेश बनाउनुपर्ने आवाज विगतदेखि नै उठिरहेको छ । याथार्तमा बाँके र बर्दीया कर्णालीमा रहनु उपयुक्त हुने जानकार व्यक्तीहरु समेत बताउछन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्रीले यामलाल कंडेलले यो विषयलाई उठाएपछि फेरी एकपटक बाँके बर्दीया कर्णालीमा गाभ्ने विषय बहसको बनेको हो ।
बाँके र बर्दीयालाई कर्णालीमा सामेल बनाउनुपर्छ भन्ने विषय हाम्रो लागि स्वागतयोग्यः मुख्यमन्त्री कंडेल
बाँके र बर्दीयालाई कर्णालीमा सामेल बनाउनुपर्छ भन्ने विषय हाम्रो लागि स्वागतयोग्यः मुख्यमन्त्री कंडेल

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु