सुर्खेत । कर्णाली प्रदेशलाई डिजिटल बनाउने भन्दै गत बर्षदेखि शुरु भएको डिजिटल कणालीको दोस्रो संस्करण हुने भएको छ ।
यही वैशाख ९ र १० गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ आयोजना गर्न लागिएको हो ।
कर्णाली प्रदेश सरकार र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा डिजिटल नेपाल कन्क्लेभ २०२५ हुन लागेको जानकारी आज वीरेन्द्रनगरमा गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
वीरेन्द्रनगरको शुभ होटेलमा संचालन गरिने डिजिटल कर्णाली कन्क्लेभमा दशभन्दा धेरै सेसनहरु संचालन हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पुष्पराज शाहीले जानकारी दिनुभयो ।
कन्क्लेभमा डिजिटल कर्णालीको हालको अवस्था, अवसर, सम्भावना र चुनौतीका विषयमा वृहत छलफल हुनेछ । ‘इम्पावारिङ द फ्युचरः इन्नोभेसन, कनेक्टिभिटी एण्ड सस्टेनवलिटी’ मुख्य बिषयमा केन्द्रित हुने कन्क्लेभमा बिभिन्न ३ किनोट प्रस्तुति हु्ने आइसिटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले बताउनुभयो ।
उहाँका अनुसार ५० जना बढी विज्ञ वक्ता सहभातिा हुने कन्क्लेभमा ४ सय बढीको सहभागिता हुने र नयाँ प्रविधिको विषयमा ज्ञान आदाप्रदान हुनेछ ।
दोस्रो संस्करणले डिजिटल साक्षरता सँगै प्रदेशमा भएका विभिन्न सम्भावनालाइ उजागर गर्दै प्रविधि मार्फत जीवनस्तर सुदृण बनाउन सहजीकरण गर्ने लम्सालले बताउनुभयो ।
कर्णाली प्रदेशलाई डिजिटल प्रदेश बनाउने प्रदेश सरकारले नीति लिएको छ । त्यही नीतिलाई कार्यान्वयन गर्नको लागि डिजिटल कर्णालीको दोस्रो संस्करण गर्न लागिएको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।
गत बर्ष गरिएको वहसले डिजिटल प्रदेशको बारेमा सरोकारवालाहरुमा वहस शुरु भएको, सरकारी कार्यालयहरुमा डिजिटल प्रविधिको विकास बढ्दै गएको दाबी गरिएको छ ।
डिजिटल कर्णालीको दोस्रो संस्करण हुँदै
डिजिटल कर्णालीको दोस्रो संस्करण हुँदै

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु