दैलेख । दैलेखको चामुण्डा बिन्द्राशैनी नगरपालिकाका बालअधिकार सुनिश्चित गर्ने प्रतिवद्धता जनाइएको छ ।
चामुण्डाबिन्द्रासैनी नगरपालिका र सेभ द चिल्ड्रेन तथा सोसेक नेपालको संयुक्त रुपमा आयोजना गरिएको प्रथम बालिका सम्मेलनमामार्फत यस्तो प्रतिवद्धता जनाइएको हो ।
“सशक्त बालिका, समावेशी समाज(हाम्रो सपना, हाम्रो अभियान” भन्ने मुल नाराका साथ चामुण्डाबिन्द्रासैनी नगरपालिकामा प्रथम बालिका सम्मेलनको आयोजना गरिएको थियो । बालबालिकाको सर्वागिण विकासमा प्रभाव पु¥याउने बालविवाह, छाउपडी, बालश्रम जस्ता गैरकानुनी अमानवीय र हिँसात्मक कार्य समाजमा रोक्दै विषेशगरी बालिकाको अधिकार सुनिश्चित गर्नेगरी नीती बनाउने उद्घोष गरिएको छ ।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले बलअधिकार सुनिश्चित गर्नको लागि समाजमा सचेतनाको आवश्यकता रहेको औँल्याउँदै त्यसको लागि शिक्षाको गुणस्तर बृद्धि हुनुपर्नेमा जोड दिनुभयो ।
उहाले बालबालिकाहरुको क्षमता विकास र सामाजिक परिवर्तनमा साझेदार संस्थाहरुले खेलेको महत्वपूर्ण भूमिकाको प्रसंशा गर्नुभयो ।
अहिले पनि चामुण्डाबिन्द्रासैनी नगरपालिका २१ प्रतिशत बालविवाह रहेको तथ्याङ्क छ । यसलाई घटाउन विकास साझेदार संस्थाहरुले अझै सरकारलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।
समाजमा चलेका प्रथाहरु राम्राका लागी हुने गरेको बताउदै शाहले छाउपडीले समाज तथा महिलाहरुको उन्नतीका लागी बाधक बनेको बताउनुभयो ।
छुवाछुत, भेदभाव, बालविवाह, छाउपडी जस्ता कुप्रथाहरुको अन्त्यका लागी धेरै पहिला देखि संघर्ष गरिए पनि समाजमा अझै यो प्रथा कायम रहेकाले अब सबैले हातेमालो गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।
उहाले भन्नुभयो, “के कर्णालीका मात्रै देवी देउता हुन जस्ले छाउपडी बस्नै पर्ने बाध्यता बनाएका छन ? यस्तो अवस्था परिवर्तन गर्न अब सबै तह र तप्काबाट लाग्नुपर्छ ।”
“बालिका सम्मेलन देशमा विरलै हुने गरेको छ । मन्त्री शाहीले भन्नुभयो, “बालिकाका सवालहरुको सम्बोधन तथा अधिकारको सुनिश्चितताका लागी यस्ता कार्यक्रमको आवश्यक छ ।”
छाउपडी प्रथा आजै देखि अहिले देखी नै म बस्ने छैन र मर्यादितरुपमा प्रयोग गर्नेछु भन्ने प्रतिबद्धता बालिका र अभिभावकहरुले गर्नुपर्ने चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेशकुमार शाहीले बताउनुभयो ।
यो कुप्रथालाई हटाउन व्यवहारमा लागु गर्नुपर्ने उहाको भनाई थियो । उहाले थपे, “नागरिकको चेतनास्तरमा परिवर्तन नभएसम्म यो प्रथा कायमै रहने भएकाले सोच र विचार बदल्नुपर्छ ।”
नेपालले अन्तर्राष्ट्रिय बालअधिकार महासन्धि अनुमोदन गरिसकेको र नेपालको संविधानमा समेत बालबालिकाका हक अधिकारको व्यवस्था गरेका कारण बालबालिकाका अधिकारहरुको सुनिश्चित गर्न स्थानीय सरकार प्रतिवद्ध रहेको उनको भनाई थियो ।
सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिँह थापाले बालिका पनि बालक सरह समान अधिकार प्राप्त व्यक्ति भएकाले उनीहरुको संरक्षण, सम्मान र समावेशी विकास सुनिश्चित हुनुपर्नेमा जोड दिएका थिए ।
त्यसैगरी नेपालको संविधान २०७२ मा बाल अधिकारलाई मौलिक हकको रुपमा समेटिएको हुदाँ बालबालिकालाई पालनपोष्ण, संरक्षण, उचित शिक्षा, स्वास्थ्य सेवा, अभिव्यक्ति स्वतन्त्रता, बालमैत्री न्याय तथा शोषणविरुद्धको अधिकार राज्यले सुनिश्चित गर्नुपर्ने उनले बताए ।
अहिले पनि समाजमा बालबालिकाहरुले बालविवाह, बालश्रम, बालबालिकाको तस्कारी, दुव्र्यवहार तथा लैगिक विभेद जस्ता समस्याहरु भोगिरहेको थापाको भनाई थियो ।
आज गरिएका प्रतिवद्धता व्यवहारमा पनि लागु गर्नुपर्ने नगर बाल सञ्जालका अध्यक्ष रेश्मा वि.क.को भनाई थियो ।
उनले सरोकारवालाहरुलाई प्रश्न गरेकी थिई आज हामीले जुन प्रतिवद्धतामा हस्ताक्षर गरेका छौ, यदी त्यो लागु भएन भने त्यसको जवाफ बालबालिकालाई दिनुपर्छ । हामी मन्दिर बनाउछौ, चौतारामा खर्च गर्छाै त्यो लगानी बालबालिकामा गरौ त्यसले अर्काेपुस्ताका लागि ब्याज सहित फिर्ता गर्नेछ ।
जनगणना २०७८ का अनुसार चामुण्डाबिन्द्रासैनी नगरपालिकाको कुल २६ हजार ५ सय ५९ जनसंख्या मध्ये ११ हजार ६ सय ८० बालबालिकाको जनसंख्या रहेको छ । त्यो मध्ये करिव ४९।८१ प्रतिशत बालिका रहेका छन ।
आर्थिक गरिवि, पारिवारिक विखण्डन, अपाँगता, हिँसा दुव्र्यवहारका कारण यस नगरपालिकामा करिव ८ सय ३५ जना बालबालिकाहरु जोखिममा रहेका छन । यस पालिकामा करिव २१ प्रतिशत बालविवाह रहेको छ ।
कार्यक्रममा ९० जना बालिका, उनीहरुका अभिभावक, नागरिक समाजका प्रतिनिधि र अन्य सरोकारवालाहरुको सहभागीता थियो ।
बालविवाहको विरुद्द आवाज उठाउछौ र समाजबाट अन्त्य गर्न प्रयत्नशील हुनेछौ, छाउपडी प्रथा विरुद्द जनचेतना फैलाउनेछौ, परिवार, विद्यालय र समाजमा संवाद गर्ने, विद्यालयमा नियमित रुपमा उपस्थित भई शिक्षामा निरन्तरता दिने, पीडित बालबालिकाको पक्षमा बोल्ने, सहारा दिने र सरोकारवाला नियकायमा उजुरी गर्ने, स्थानीय तह, बाल क्लव, समुदाय र सरोकारवालासँग मिलेर व्यवहार परिवर्तनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने लगायतका प्रतिवद्धता भएका छन । कार्यक्रम नगर बाल सञ्जालका अध्यक्ष रेश्मा वि.क.को अध्यक्षतामा सम्पन्न भएको थियो ।
चामुण्डा बिन्द्राशैनीमा पहिलो बालिका सम्मेलन: बालअधिकार सुनिश्चित गर्ने प्रतिवद्धता
चामुण्डा बिन्द्राशैनीमा पहिलो बालिका सम्मेलन: बालअधिकार सुनिश्चित गर्ने प्रतिवद्धता

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु