सुर्खेत । एक बर्षको अवधीमा कर्णाली प्रदेशका १३ लाखभन्दा धेरै जनसंख्यालाई स्वास्थ्य सेवा प्रदान गरिएको कर्णाली प्रदेश सरकारले जनाएको छ ।
प्रदेशका दशवटै जिल्लाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुबाट १३ लाख ३५ हजार जनसंख्यालाई एक बर्षको अवधीमा स्वास्थ्य सेवा प्रदान गरिएको हो ।
२०८१ सालको बैशाखदेखि चैत मसान्तसम्ममा स्वास्थ्य संस्थाहरुबाट विभिन्न सेवा लिएका नागरिकहरुको तथ्याङ्क रहेको प्रदेश सरकारले जनाएको छ । यसलाई सरकारले आफ्नो एक बर्षको उपलब्धी भनेको छ ।
विगतमा स्वास्थ्यको पहुँचमा नपुगेका कर्णालीका नागरिकहरु गाउँ गाउँमा अस्पताल पुगेपछि सेवाको पहुँचमा पुगेको मुख्यमन्त्री यामलाल कंडेलको दाबी छ ।
कर्णालीलाई सिटामोल समेत नपाउने प्रदेशका रुपमा व्याख्या गरिँदै आएको भएपनि अब सबै नागरिक स्वास्थ्यको पहुँचमा पुग्न सक्ने स्थिति बनेको उहाको भनाई छ ।
यस्तै, स्थानीय तहमा रहेका विशेषज्ञ चिकित्सकलाई प्रदेश तथा जिल्ला अस्पतालमा कामकाजको शुरुवात गरिएको र स्थानीय तहमा मेडिकल अधिकृतहरुलाई कामकाजमा पठाउन थालिएको सरकारले स्वास्थ्य क्षेत्रमा भएको उपलब्धी भनेको छ ।
यस्तै शिक्षा क्षेत्रमा पनि कर्णाली सरकारले नवितम कामको शुरुवात गरेको बताएको छ ।
मुख्यमन्त्री कंडेलको एक बर्षको प्रगति विवरणमा मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम शुरु भएको र अहिले १३ वटा विद्यालय छनौट भइ कार्यक्रम संचालन शुरु गरिएको जनाइएको छ ।
त्यसैगरी जुम्ला र मुगु जिल्लालाई साक्षर घोषणा गरिएको उपलब्धी विवरणमा उल्लेख गरिएको छ ।
त्यसैगरी दश बर्षिया शिक्षा योजना प्रक्रियामा रहेको मुख्यमन्त्री कंडेलले बताउनुभयो ।
एक बर्षमा कर्णालीका १३ लाख बढी जनसंख्यालाई स्वास्थ्य सेवा प्रदान
एक बर्षमा कर्णालीका १३ लाख बढी जनसंख्यालाई स्वास्थ्य सेवा प्रदान

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु