सुर्खेत । कर्णाली प्रदेशका चार जिल्ला औलोको जोखिममा रहेको पाइएको छ ।
स्वास्थ्य सेवा निर्देशनालयका अनुसार प्रदेशका दश जिल्लामध्य हुम्ला, मुगु र सुर्खेत औलोको जोखिममा रहेका हुन् । तिमध्य हुम्लाको ताजाकोट गाउँपालिका उच्च जोखिममा रहेकोे छ, भने सुर्खेत वीरेन्द्रनगर मुगुको खत्याड तथा हुम्लाको ताजाकोट औलोको मध्यम जोखिममा रहेका छन् ।
औलोका बिरामीमध्य अधिकांस बाहिरबाट आयातित रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका औलो रोग निवारण फोकल पर्सन श्यामलाल अचार्यले जानकारी दिनुभयो ।
उहाका अनुसार चालु आर्थिक बर्ष २०८०÷०८१ मा कर्णालीमा मा ३८ जना औलोका बिरामी रहेको पाइएको छ । ति मध्य एक जना मात्रै स्थानीय रुपमै संक्रमित भएको र अन्य ३७ जना भारतबाट संक्रमित भएर आएको आचार्यले बताउनुभयो ।
आयातितभन्दा स्थानीय रुपमा नै संक्रमित भएको क्षेत्रलाई उच्च जोखिम मानिन्छ ।
चालु आर्थिक बर्षमा ३८ जना औलोका बिरामीमध्य सबैभन्दा धेरै सुर्खेतका छन् । सुर्खेतमा २९ जना औलोका बिरामी भेटिएका छन् ।
दैलेखमा ४ जना, कालिकोटमा तिनजना र हुम्लामा एकजना बिरामी फेला परेका छन् । हुम्लामा भेटिएका औलोका बिरामी स्थानीय रुपमा नै संक्रमित भएको भन्दै त्यस क्षेत्रलाई उच्च जोखिममा राखिएको आचार्यले बताउनुभयो ।
हुम्ला ताजाकोट गाउँपालिका वडा नम्बर २, ३ र ४ नम्बर वडा औलोको उच्च जोखिममा परेका छन् भने सुर्खेतको वीरेन्द्रनगर नगरपालिका २, गुर्भाकोट नगरपालिका ८ मध्यम जोखिममा परेका छन् ।
यस्तै, हुम्लाको अदानचुली ३, ताजाकोट गाउँपालिका वडा नम्बर ५ पनि औलोको मध्यम जोखिममा रहेको उहाले जानकारी दिनुभयो ।
औलो लामुखुट्टे टोकाईबाट सर्ने रोग हो । सरकारले नेपाललाई सन २०३० सम्म औलो उन्मुलन गरिसक्ने लक्ष्य लिएको छ । तर चुनौती भने धेरै रहेको सरोकारवालाहरुले बताएका छन् ।
विश्व औलो रोग दिवसको अवसरमा निर्देशनालयले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख वृश बहादुर शाहीले कर्णालीमा औलो उन्मुलन गर्नको लागि सचेतना आवश्यक रहेको बताउनुभयो ।
उहाले सबै पक्ष मिलेर औलो उन्मुलनमा लाग्नुपर्ने उहाको जोड छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष लगायतले आफ्नो धाराणा राख्नुभएको थियो ।
कर्णाली प्रदेशका चार जिल्ला औलोको जोखिममा
कर्णाली प्रदेशका चार जिल्ला औलोको जोखिममा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु