सुर्खेत । अपाङ्गता भएका व्यक्तीहरुले यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धिको अधिकार सुनिश्चित हुनुपर्ने माग गरेका छन् ।
अपाङ्गता भएका आदिवासी जनजातिका लागि अनुसन्धान र विकास केन्द्रको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा गरिएको कार्यक्रममा सहभागी भएका अपाङ्गता भएका व्यक्तीहरुले यस्तो माग गरेका हुन् ।
उनिहरुले यौन तथा प्रजनन् अधिकार पनि मानवअधिकारको अभिन्न अंग भएको भन्दै यसबाट अपाङ्गता भएका व्यक्तीहरुले उपभोग गर्न कठिनाई बेहोर्नुपरेको बताएका छन् ।
नेपालको संविधानद्धारा प्रजनन स्वास्थ्य सम्बन्धी हकको सम्मान, संरक्षण र परिपूर्ति गर्नको लागि प्रजनन स्वास्थ्य सेवालाई सुरक्षित, गुणस्तरीय, सर्वसुलभ तथा पहुँचयोग्य बनाउने भनिएपनि यो अधिकार सबैको लागि हुन नसकेको भन्दै स्थानीय सरकारको उनिहरुले ध्यानाकर्षण गराएका हुन् ।
कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जनकबहादुर रावलले अपाङ्गता भएको व्यक्तिहरुलाई हरेक क्षेत्रमा अधिकार सम्पन्न बनाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाले यस्ता रचनात्मक क्रियाकलापहरुमा सधैं वडाको साथ हुने बताउनुभयो ।
उहाले नेपालको संविधानले सबै वर्ग समुदायको अधिरका सुनिश्चित गरेपनि कार्यान्वयनमा केही कठिनाई भएको भन्दै यसमा तिनै तहका सरकारले सोच्नुपर्नेबेला आएको बताउनुभयो ।
वडा सदस्य मीरा पन्थ बोहोराले अपाङ्गताको प्रतिबद्धता अपाङ्गताको प्रकृति अपाङ्गताको प्रकृति र आवश्यकता अनुसार आफूहरू सेवा दिन तयार रहेको बताउनुभयो ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ का ६६ जना अपाङ्गता भएका व्यक्तिहरू सहभागि भएका थिए ।
उनिहरुलाई यौन तथा प्रजनल स्वास्थ्य स्वास्थ्यको बारेमा जानकारी दिइएको थियो । यौन तथा प्रजनल स्वास्थ्य किन महत्वपूर्ण छ परिवार नियोजनका अस्थायी स्थायी साधनहरु स्वास्थ्य अधिकारका सवालमा जानकारी गराइएको थियो ।
कार्यक्रममा नगरस्तरीय अपाङ्गता सञ्जालका संयोजक तुल्सी वुढा, वीरेन्द्रनगर नगरपालिकाका महिला तथा बालबालिका जेष्ठ नागरिक शाखाका शाखा प्रमुख सरला रेग्मी लगायत लगायतका व्यक्तिहरू सहभागी भएको थियोे । अपाङ्गता भएका आदिवासी जनजातिका लागि अनुसन्धान र विकास केन्द्रका अध्यक्ष प्रथमा श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धिको अधिकार सुनिश्चित गर्न माग
यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धिको अधिकार सुनिश्चित गर्न माग

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु