सुर्खेत । कर्णालीबाट बार्षिक बिस हजारभन्दा धेरै व्यक्ती बैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा कार्यालयका अनुसार कर्णालीबाट बार्षिक २० हजारभन्दा धेरै वैदेशिक रोजगारीमा जाने गरेका हुन् ।
तिन आर्थिक बर्षको तथ्याङ्कलाई केलाउँदा सबैभन्दा धेरै आर्थिक बर्ष २०७९÷८० मा कर्णालीबाट रोजगारीको लागि गएका छन् । आर्थिक बर्ष २०७९÷८०मा २४ हजार ९ सय ७४ जना रोजगारीका लागि विदेश गएका छन् ।
आर्थिक वर्ष सन २०८०÷०८१ मा १८ हजार ६ सय ६२ जना मात्र वैदेशिक रोजगारीमा गएका छन् भने गत बर्ष कर्णालीबाट २४ हजार १ सय ६७ जनाले श्रमस्वीकृति लिएका थिए । सुरुमा पुरुष कामदारहरु मात्रै वैदेशिक रोजगारीमा जाने गरेकोमा पछिल्लो समयमा महिला कामदारको संख्या पनि बढेको देखिएको जनाइएको छ ।
गत बर्षमा कर्णालीबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जाने महिला कामदारको संख्या ७ प्रतिशतले बढेको जनाईएको छ ।
शिक्षा, व्यापार, विवाह आदि कारणले विदेश जानेहरु र भारतमा रोजगारीका लागि गएका नेपालीहरुको संख्यालाई अभिलेख गर्न भने सकिएको छैन ।
कर्णालीका कामदारको मुख्य गन्तव्यका रुपमा मलेसिया, साउदी अरेबिया र युएइ रहेका छन ।
यसैबिच, कर्णालीमा न्युनत पारिश्रमीक कार्यान्वयन भनेअनुसार हुन नसकेको भन्दै यसको कार्यान्वयनमा जोड दिइएको छ ।
श्रम ऐन अनुसार नेपाल सरकारले तोके बमोजिमको न्युनतम पारिश्रमीक उपलब्ध गराउन समाजिक सुरक्षा कार्यालय सुर्खेतका प्रमुख श्रीसमसेर राना मगरले अनुरोध गर्नुभयो ।
ऐन अनुसार रोजगारीलाई पाँच प्रकारमा वर्गिकरण गरेको छ । रोजगार दताले सम्झौता नगरि रोजगारीमा लगाउन नहुने उल्लेख छ ।
यस्तै श्रम सम्बन्धिका सबै कानुनी व्यवस्था सबै उद्योग व्यवसायहरुले पालना गर्न सुझाव दिँदै उहाले सबै श्रमीकलाई समाजिक सुरक्षामा सहभागि गराउनुपर्ने बताउनुभयो ।
कर्णालीमा श्रम ऐनको पलना हुन नसकेको पाइएकाले यो ऐनको पालना गर्नुपर्नेमा उहाको जोड छ ।
कर्णालीबाट बार्षिक बिस हजारभन्दा धेरै व्यक्ती बैदेशिक रोजगारीमा जाँदै
कर्णालीबाट बार्षिक बिस हजारभन्दा धेरै व्यक्ती बैदेशिक रोजगारीमा जाँदै

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु