सुर्खेत । भुकम्पका कारण क्षतीग्रस्त बनेका जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लामा नीजी आवास तथा पुरातात्विक सम्पदाहरु पुन निर्माणको कामलाई सरकारले दु्रत गतिमा अगाडी बढाउने भएको छ ।
आर्थिक बर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पुन निर्माण र पुनःस्थापनाको कामलाई दु्रत गतिमा अगाडी बढाइने बताउनुभएको हो ।
सरकारले पश्चिम नेपालका भुकम्प, मनसुनजन्य विपद, र अन्य प्राकृतिक प्रकोपबाट क्षतीग्रस्त नीजि आवास पुरातात्वीक सम्पदा तथा सार्बजनिक संरचनाहरुको पुननिर्माणसँगै पुनस्थापनाको कामलाई द्रुत गतिमा अगाडी बढाउने राष्ट्रपति पौडेलले बताउनुभयो ।
२०८० कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्पबाट जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लामा धनजनको क्षती भएको थियो । प्रभावितहरु अहिले पनि अस्थायी संरचनामा बस्न बाध्य छन् । नीति तथा कार्यक्रमबाट सरकारले आवास निर्माणसँगै पुनःस्थापनाको काम छिटो अगाडी बढाउने भनेपछि प्रभावितहरुमा आशा जागेको छ ।
यस्तै, सरकारले विकट क्षेत्रमा आवासीय विद्यालय खोल्ने घोषणा गरेको छ ।
भौगोलिक क्षेत्रलाई लक्षित गरी आवासीय विद्यालयहरू खोलिने राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभएको छ ।
निजी विद्यालयका लागि राष्ट्रिय नियमन मापदण्ड जारी गर्ने, शिक्षक दरबन्दीको पुनरावलोकन गर्ने, विश्वविद्यालयसँगको सहकार्यमा शिक्षक बैङ्कको स्थापना गर्ने, शिक्षकको राष्ट्रिय योग्यता मापदण्ड जारी गर्ने घोषणा सरकारले गरेको छ ।
शिक्षक किताबखानाका काम प्रणालीगत रूपमा क्रमशः प्रदेश सरकारलाई हस्तान्तरण गरिने सरकारले उल्लेख गरेको छ ।
यसैबिच, सरकारले स्नातक माथिका विद्यार्थीालाई हप्ताको २० घण्टा कामको व्यवस्था गर्ने भएको छ ।
सरकारको नीति तथा कार्यक्रममा विद्यार्थीलाई हप्ताको २० घण्टा कामको व्यवस्था गरिएको हो ।
सरकारले महिलाहरूमा हुने पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गर्ने भएको छ ।
राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै १४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क हुने व्यवस्था मिलाइने बताउनुभयो ।
दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका थप प्रभावकारी कार्यक्रम बनाउने भएको छ ।
जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारले सबै सरकारी अस्पताललाई एउटै अनलाइन सेवामा आबद्ध गर्ने गरी नागरिक एपलाई सुधार गर्ने जनाएको छ ।
त्यसैगरी आधारभूत तथा अत्यावश्यक औषधिहरूको उत्पादन प्रवद्र्धन र औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी एकीकृत ऐन तर्जुमा गरिने बताइएको छ ।
त्यसैगरी आयुर्वेद सेवाको सुदृढीकरण र वैकल्पिक चिकित्सा विधि प्रवद्र्धन गर्न आयुर्वेद अध्ययन प्रतिष्ठानको रूपमा विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
संक्रामक रोगको रोकथाम र महामारीको प्रतिकार्यका लागि जनस्वास्थ्य निगरानी प्रणालीलाई सुदृढ गरिने उनले बताउनुभयो ।
त्यस्तै स्वास्थ्य र जनसांख्यिक दर्ता प्रणालीलाई एकीकृत स्वास्थ्य सूचना प्रणालीसँग आवद्ध गर्ने नीति सरकारले लिएको छ ।
सरकारले व्यावसायिक वातावरण सुधार गर्न सरकारबाट अध्यादेश मार्फत सुरु गरिएको नीतिगत सुधारका कार्यक्रमका आधारमा उद्यमशीलता र निजी लगानी प्रवद्र्धन गरिने जनाएको छ ।
यस्तै, गम्भीर रोगको उपचार स्वास्थ्य बीमाबाट गर्न सुविधा थैली परिमार्जन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै, सरकारले विद्यालय शिक्षा विधेयक यही अधिवेशनमा पास गर्ने घोषणा गरेको छ । राष्ट्रपति पौडेलले यही अधिवेशनबाट पारित गर्ने घोषणा गर्नुभएको हो ।
पश्चिम नेपालमा प्राकृतिक प्रकोपबाट क्षतीग्रस्त आवासहरुको द्रुत गतिमा पुनःनिर्माण गरिने
पश्चिम नेपालमा प्राकृतिक प्रकोपबाट क्षतीग्रस्त आवासहरुको द्रुत गतिमा पुनःनिर्माण गरिने

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु