सुर्खेत । दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ७ मर्खेमा बाख्रमा अज्ञात रोगको संक्रमण देखिन थालेपछि किसानहरु चिन्तित भएका छन् ।
¥याल छोड्ने, स्वास प्रस्वासमा समस्या देखिने झोक्राउने लगायतका लक्षण देखिने र अन्तिममा बाख्रा मर्न थालेपछि किसानहरु चिन्तित बनेका हुन् ।
अहिलेसम्म एउटै गाउँमा ११ वटा बाख्रा मरिसकेका छन् भने अन्य ५० जति बाख्रा बिरामी परेको स्थानीय किसान दिपक विसीले जानकारी दिनुभयो ।
उहाका अनुसार किसान जगत विसी तिनवटा, राजेन्द्र विसीका ५ वटा, खड्क बहादुर बुढाका ३ वटा बाख्रा मरेका हुन् ।
यस विषयमा पशु चिकित्सकहरुलाई जानकारी गराइएको तर सडक स्तरउन्नती हुन नसक्दा आउन नसकेको विसीको भनाई छ ।
यता, गुराँस गाउँपालिका पशु शाखाले भने बाख्रमा मौसम परिवर्तन हुँदा केही समस्या देखिएको भन्दै नजिकै रहेको सेवा केन्द्रबाट औषधी पठाइएको बताएको छ ।
पशु शाखा पशु चिकित्सक डाक्टर पुरुषोतम कोजु श्रेष्ठले असिना पानीका कारण सम्बन्धि ठाउँमा जान नसकिएको भन्दै अहिले औषधीहरु खुवाइएको र बाख्रामा देखिएको समस्या समाधान हुन थालेको जानकारी दिनुभयो । आफै सम्बन्धित ठाउँमा जाने तयारी गरेको उहाले बताउनुभयो । माैसम परिवर्तनका कारण देखिने समस्या भएकाले आत्तिनुपर्ने स्थिति नरहेको उहाको भनाई छ ।
गुराँस गाउँपालिका मर्खेमा बाख्रमा अज्ञात रोगको संक्रमण
गुराँस गाउँपालिका मर्खेमा बाख्रमा अज्ञात रोगको संक्रमण

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु