सुर्खेत । सुर्खेतका अपाङ्गता भएका व्यक्तीहरुलाई स्वरोजगार बनाइने भएको छ ।
उनिहरुलाई आत्मनिर्भर बनाउन व्यवसायमुखि तालिम संचालन गरिएको हो ।
परिलक्षित संस्थाको फेल्म नेपालको आर्थिक सहयोगमा सुर्खेतका तिनवटा पालिकाका १३ जना अपाङ्गता भएका व्यक्तीहरुलाई स्वरोजगार बनाउन बाख्रा तथा बंगुर पालन सम्बन्धिको तालिम संचालन गरिएको परिलक्षित संस्थाका फिल्ड अफिसर राजु लामिछानेले जानकारी दिनुभयो ।
भेरीगंगा नगरपालिका पशुपन्छी शाखाको समन्वयमा तथा परिलक्षित संस्था द्वारा सञ्चालित शैक्षिक सहयोग परियोजना अन्तगर्त वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोटका अपाङ्गता भएका व्यक्तिहरूको आय आर्जनमा वृद्धि गराउन तालिम संचालन गरिएको उहाले जानकारी दिनुभयो ।
विशेषगरी अपाङ्गता भएका व्यक्तीहरुलाई पनि अवसर प्रदान गरिए व्यवसायिक रुपमा आयआर्जनका काम गर्न सक्ने भन्दै उनिहरुलाई अब आत्मनिर्भर बनाउनेतर्फ केन्द्रीत हुनुपर्ने लामिछानेको भनाई छ ।
तालिमको प्रशिक्षण भेरीगंगा नगरपालिका पशुपन्छी शाखा प्रमुख भोज प्रसाद चपाईले गर्नुभएको थियो ।
