सुर्खेत । सुर्खेतका विभिन्न बजार क्षेत्रको संयुक्त रुपमा अनुगमन गरिएको छ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कर्णाली प्रदेशको अगुवाईमा आज (सोमबार) सुर्खेतका विभिन्न बजारहरुको अनुगमन गरिएको हो ।
अनुगमनको क्रममा सुर्खेतको चिङ्गाड गाउँपालिका मटेला र धरमपोखरामा म्याद गुर्जेका फेला परेका छन् ।
उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक देविलाल साप्कोटाको नेतृत्वमा गएको टोलीले मटेला र धरमपोखरामा म्याद गुज्रेका झण्डै १६ हजार बराबरको सामानहरु नष्ट गरेको हो ।
करिब २५ वटा खाद्यन्न, किराना तथा होटेलहरुको अनुगमनका क्रममा म्याद गुर्जेका सामानहरु भेटिपछि नष्ट गरिएको निर्देशक साप्कोटाले जानकारी दिनुभयो ।
“हाम्रो नियमित बजार अनुगमनको क्रममा वीरेन्द्रनगरको रातानाङ्ला चिङ्गाड गाउँपालिकाको धरमपोखरा र मटेला बजारको अनुगमन गर्यौ, निर्देशक साप्कोटाले भन्नुभयो,” अनुगमनको क्रममा म्याद गुर्जेका सामानहरु भेटियो, ति सामानहरुलाई नष्ट गर्न लगाएका छौँ । आगामी दिनमा यस्ता सामानहरु भेटिए कारवाही हुने चेतावनी दिएका छौँ ।”
सबैभन्दा धेरै दालमोठ आइटमका सामानाहरु म्याद गुर्जेका भेटिएका छन् । केही बोरा चामल र अन्य पेय पदार्थहरु समेत रहेको जनाइएको छ ।
अनुगमनको क्रममा केही पसलहरुले न्युनतम मापदण्ड समेत प्रयोग नगरेको पाइएकाले विभिन्न निर्देशनहरु दिइएको छ ।
पसलहरु संचालन गर्दा विभिन्न नीयमहरुको पालना गर्र्न निर्देशन दिइएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका अधिकृत माधव प्रसाद न्यौपानेले बताउनुभयो ।
बजारमा गैरखाद्य वस्तुहरु विक्रिवितरण गर्न नपाइने भन्दै त्यस्ता कार्य नगर्न उपभोक्ता समेत चनाखो हुनुपर्ने उहाको भनाई छ ।
दैनिक उपभोग्य वस्तुहरुको प्रयोगमा आम उपभोक्तालाई सचेत बनाउन तिनै तहका सरकारहरुले हातेमालो गर्न आवश्यक रहेको उहाले बताउनुभयो ।
उपभोक्ताहरुले विशेषगरी म्याद गुज्रेका, लेवलिङ नगरिएका, रङको प्रयोग गर्ने गरिएको भन्दै त्यसलाई खेलाची नठान्न सुझाव दिइएको छ ।
अनुगमनमा उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रशासकीय अधिकृत थिर बहादुर श्रेष्ठ, खाद्य तथा गुण नियन्त्रण कार्यालयका कपिल सुवेदी, नापतौल कार्यालय जयनारायण चौधरी, चिङ्गाड गाउँपालिका वडा नम्बर ४ का वडा सचिव राम प्रसाद शर्मा प्रहरी चौकी मटेला, र पत्रकारसहितको टोलीले संयुक्त रुपमा बजार अनुगमन गरेको हो ।
सुर्खेतका विभिन्न बजार क्षेत्रको अनुगमनः १६ हजार बढीको म्याद गुर्जेका सामान नष्ट
सुर्खेतका विभिन्न बजार क्षेत्रको अनुगमनः १६ हजार बढीको म्याद गुर्जेका सामान नष्ट
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
