सुर्खेत । कर्णाली प्रदेशको राजधानीमा रहेको सुर्खेत विमानस्थल थप दुई दिन बन्द हुने भएको छ । नागरिक उड्डयन प्राधिकरण सुर्खेत कार्यालयका अनुसार शुक्रबारसम्म विमानस्थल पूर्णरुपमा बन्द हुने भएको हो ।
रन–वेको केही साइटमा कालोपत्रे चर्किन थालेकाले मर्मतका लागि दुई दिनको लागि विमानस्थल बन्द गरिएपनि काम अझै नसकिएकाले थप दुइदिन बन्द गरिएको सुर्खेत विमानस्थल अधिकृत उपेन्द्र प्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार रनवेमा पानी जमेकाले पनि मर्मतमा केही ढिलाई भएको हो ।
अब बिमानस्थल शुक्रबारदेखि मात्रै पूर्ण रुपमा संचालनमा आउने उहाको भनाई छ ।
सुर्खेत विमानस्थल थप दुई दिन बन्द हुने
सुर्खेत विमानस्थल थप दुई दिन बन्द हुने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
