सुर्खेत । कर्णाली प्रदेशमा संचालित फिस्टुला उपचार केन्द्र, प्रदेश अस्पतालबाट उपचार पाउन थालेपछि फिस्टुलाका बिरामीहरुलाई ठुलो राहत मिलेको छ ।
विशेषगरी प्रसव फिस्टुलाका कारण विभेदमा परेका महिलाहरुको जीवन नै फेरिएको हो ।
पूर्व जन्मको पापको कारण अन्धविश्वास राखेर विभेदमा परेका फिस्टुलाका बिरामीहरु अहिले भने सुर्खेतमै निशुल्क उपचार पाएर निको हुन थालेपछि समाजको सोचमा समेत परिवर्तन हुन थालेको छ ।
महिलाहरुमा लामो सुत्केरी व्यथा लाग्दा तथा कुपोषण लगायतका कारण फिस्टुला हुने सम्भावना हुन्छ । तर फिस्टुला हुँदा विभिन्न लाञ्छना लगाउने गरिएको भन्दै उपचारसँगै अन्धविश्वासमा समेत कमी आउन थालेको आइएनएफ सुर्खेतले जनाएको छ ।
यसैबिच, पश्चिम नेपालमै रहेको फिस्टुला उपचार केन्द्र सुर्खेतमामा बिरामी आउने क्रम समेत बढेको स्त्री रोग विशेषज्ञ एवम फिस्टुला उपचार केन्द्रका डा. सेवेक्षा श्रेष्ठले जानकारी दिनुभयो ।
विश्व फिस्टुला रोग निवारण दिवसको अवसरमा आज वीरेन्द्रनगरमा गरिएको प्रसव फिस्टुला सम्बन्धि अविमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाले यस्तो जानकारी दिनुभएको हो ।
फिस्टुला उपचार केन्द्र स्थापनापछि ६ सय जनाको सल्यक्रिया गरिएको उहाले बताउनुभयो । फिस्टुलाका बिरामीहरु कर्णालीसहित सुदुरपश्चिम, लुम्बिनी तथा भारतबाट समेत उपचार गराउन आउने गरेका छन् ।
फिस्टुलाको उपचारपछि निको हुने भन्दै यसको उपचारपछि पूर्ण रुपमा निको हुने गरेपनि अझैपनि चेतनाको कमी रहेको उहाको भनाई छ ।
यस्तै, अन्तरक्रिया कार्यक्रममा बोल्दै आइएनएफ सुर्खेतका कार्यक्रम संयोजक ललित सारुले फिस्टुला सम्बन्धिको आम बुझाई चिर्नको लागि पाठ्यक्रममा नै राख्नुपर्नेमा जोड दिनुभएको छ । यसले आम नागरिकमा चेतना वृद्धी हुने बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख वृश बहादुर शाही, प्रदेश अस्पताल सुर्खेतका डा. गणेश थापा, प्रदेश अस्पताल सुर्खेतका व्यवस्थापन समिति अध्यक्ष प्रेम बहादुर घले लगायतको सहभागिता रहेको थियो ।
आइएनएफले सुर्खेतमा सन शिविर मार्फत २००९ देखि फिस्टुला उपचार हुँदै आएको थियो । आइएनएफकै सहयोगमा फिस्टुला उपचार केन्द्र नै स्थापना गरेर हाल कर्णाली प्रदेश अस्पताल सुर्खेतलाई हस्तान्तरण गरिएको छ ।
फिस्टुलाका बिरामीलाई राहत
फिस्टुलाका बिरामीलाई राहत

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु