सुर्खेत । संघिय सरकारले कर्णाली प्रदेशका लागि आगामी आर्थिक बर्षमा विभिन्न कार्यक्रम गर्नेगरी वजेटमा समावेश गरेको छ ।
संघिय संसदमा आगामी आर्थिक बर्ष २०८२÷०८३ को वजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कर्णाली प्रदेशका विभिन्न कार्यक्रमहरु संचालन गर्ने घोषणा गर्नुभएको हो ।
जस अन्तरगत दैलेखको पेट्रोलियम पदार्थ उत्खनन्देखि सुरुङ मार्ग अध्ययन गर्ने कार्यक्रम वजेट कार्यक्रममा समावेश गरिएको छ ।
पौडेलले यसै बर्षभित्र दैलेखमा पेट्रोलियम पदार्थ उत्खननको नमुना काम गरिने बताउनुभएको छ ।
यस्तै, रानिघाट भुरीगाउँ र छिन्चु बबै सुरुङ मार्गको अध्यन गरिने समेत मन्त्री पौडेलले वजेट कार्यक्रमको क्रममा बताउनुभएको छ । जसको लागि आवश्यक वजेट विनियोजन गरिएको उहाको भनाई छ ।
कर्णाली प्रदेशको विद्युत नियमित गर्न कोहोलपुर सुर्खेत १३२ किभी प्रसारण लाइन दुइ बर्षभित्र पुरा गर्ने घोषणा वजेट मार्फत अर्थमन्त्री पौडेलले गर्नुभएको छ ।
यस्तै, भेरी बबै डाइभर्सनको काम पुरा गर्नको लागि २ अर्ब सात करोड रकम विनियोजन गरिएको छ भने कर्णाली करिडोर निर्माणको काम यसै बर्षभित्र पुरा गर्ने र त्यसका लागि एक अर्ब ७२ करोड विनियोजन गरिएको छ ।
कर्णाली राजमार्गको स्तरउन्नती गरिने सुर्खेतदेखि हुम्लाको खुलालु र सुर्खेत महावु नाग्मा सडक निर्माणको लागि आवश्यक वजेट विनियोजन गरिएको छ । ताल्चा रारा सडक कालोपत्रे गरिने वजेट वक्तव्यमा भनिएको छ ।
यसैबिच, भेरी करिडोर स्तरउन्नती गर्न आवश्यक वजेट विनियोजन गरिएको बताउँदै अर्थमन्त्री पौडेलले रारा लगायतका क्षेत्रको पर्यटन पदमार्गको रुपमा विकास गरिने बताउनुभएको छ ।
कर्णाली भेरी लगायतका नदीमा र्याप्टीङ संचालन गर्न निजी क्षेत्र आकर्षित गरिने र सुर्खेतमा प्रादेशिक स्तरको विमानस्थल निर्माण गरिने विषयलाई यो बर्षको वजेटमा समेत निरन्तरता दिइएको छ ।
यसैबिच, सुर्खेतको सरकारले भेरी पम्पिङ आयोजनाको काम दुई बर्षभित्र सक्ने लक्ष्य वजेटमार्फत लिएको छ । जसका लागि १ अर्ब ३२ करोड विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयो । भेरी पम्पिङबाट पानी तान्नको लागि आवश्यक विद्युत विद्युत महशुलमा ५० प्रतिशत छुट दिइने वजेट मार्फत घोषणा गरिएको छ
यस्तै जाजरकोट लगायतका जिल्लाका भुकम्प क्षती पुगेका संरचनाको पुनःनिर्माणको लागि सरकारले १८ अर्ब ५३ करोड वजेट विनियोजन गरेको छ ।
सरकारले आगामी भदौमा सुर्खेतको वीरेन्द्रनगरमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन गर्दै छ । त्यसका लागि ५४ करोड बजेट विनियोजन गरेको छ ।
संघिय सरकारको आगामी बर्षको कार्यक्रममा कर्णालीका केके आयोजना समावेश भए ?
संघिय सरकारको आगामी बर्षको कार्यक्रममा कर्णालीका केके आयोजना समावेश भए ?
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
