सुर्खेत । सुर्खेत जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिने भएको छ ।
९५ प्रतिशतभन्दामाथी खोप कभरेज भए पूर्ण खोप सुनिश्चित तथा दिगोपन भएको मानिन्छ । त्यही आधारमा सुर्खेत जिल्लालाई पनि असार १५ गतेसम्म पूर्ण खोप सुनिश्चितता भएको घोषणा गर्न लागिएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका खोप फोकल पर्सन घनश्याम बुढाले जानकारी दिनुभयो । उहाका अनुसार प्रत्येक बर्ष वडा, पालिका हुँदै जिल्लालाई पूर्ण खोप सुनिश्चितता गरिनुपर्छ ।
जनस्वास्थ्य सेवा कार्यालयले सबै बालबालिकाको पहुँचमा पूर्ण खोप पुर्याउनेगरी अभियान समेत संचालन गरेको थियो ।
खोपबाट छुटेका बालबालिकालाई खोज र खोप अभियान संचालन गरिएको भन्दै यो अभियानका क्रममा छुटेक २ सय ६६ बालबालिकालई खोप दिइएको जनस्वास्थ्य अधिकृत हरि बहादुर पुनले बताउनुभयो ।
उहाका अनुसार बुवा आमासँगै भारतमा गएका १२ जनाले कुनैपनि खोप नपाएको र अन्य २ सय ५५ जनाले आशिंक खोप पाएको अभियानको क्रममा भेटिएको थियो । उनिहरुलाई सबैलाई पूर्ण खोप प्रदान गरिएको छ ।
छुटेका बालबालिकालाई समेत खोप दिइसकेकाले सुर्खेत जिल्लाभर ९५ प्रतिशतभन्दा धेरै खोप कभरेज भएको छ । यहीअनुसार सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता गरिने भएको हो ।
५९ महिनासम्मका बालबालिकाले पूर्ण खोप पाइसक्नुुपर्छ । अहिले १३ प्रकारका खोप दिने गरिन्छ भने आगामी बर्षदेखि एचपिभी खोप समेत दिइने जनाइएको छ ।
यसैबिच पछिल्लो समय सुर्खेतमा खोप कभरेज घट्दै गएको पाइएको छ । विशेषगरी जन्मदरमा आएको कमीका कारण खोप कभरेज घट्दै गएको स्वास्थ्यकर्मीहरुको भनाई छ । सबैभन्दा बढी चौकुने र सिम्ता गाउँपालिकामा खोप कभरेज घट्दो देखिएको छ । यी पालिकामा खेर जाने दर बढेको जनाइएको छ ।
यस्तै आज बसेको जिल्ला खोप समन्वय समितिको बैठकले ९ वटै पालिकामा सबै बालबालिकाले खोप पाए नपाएको सन्दर्भमा अनुगन गर्ने निर्णय समेत गरेको छ ।
जिल्ला समन्वय समिति प्रमुख गंगाराम सुनारको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
सुर्खेत पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा हुँदै
सुर्खेत पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा हुँदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
