सुर्खेत । सुर्खेतमा दर्ता नगरिएका औषधि पसलका कारण अन्य दर्ता भएका औषधि पसलको व्यवसायमा आँच आउने गरेको पाइएको छ ।
दर्ता नगरिएका औषधि पसलमा प्रतिबन्धित औषधिहरु विक्री गर्ने, स्थानीय तहहरुहरुमा दर्ता नगर्ने प्रवृत्ति हुँदा कानुनी झमेलामा पर्दा अन्य कानुन अनुसार संचालनमा रहेका औषधि पसलहरुको व्यवसायमा आँच आउने गरेको पाइएको हो ।
नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेशको दोस्रो बार्षिक अधिवेशन एवं साधारणसभामा संघका कर्णाली प्रदेश अध्यक्ष प्रेमबहादुर भण्डारीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै दर्ता नभएका औषधि पसलका कारण अन्य पसलहरुको व्यसायिक गरिमामा आँच पुगेको बताउनुभयो ।
पछिल्लो समय प्रतिवन्धित औषधि बेच्ने, प्रहरीले छापा मार्नेमा दर्ता नभएका औषधि पसलहरु छन् ।
उहाँले त्यस्ता दर्ता नभएका औषधि पसलहरुको नियमन गर्ने निकाय मौन रहेको भन्दै मौन नरहन आग्रह गर्नुभयो ।
साथै अनुगमन र नियमन गर्न सम्बन्धित पक्षलाई उहँले अनुरोधसमेत गर्नुभयो । यस्तै साना व्यबसायीहरुले समयमै भुक्तानी नगर्दा औषधि व्यवसायीहरुलाई थप समस्या थपिएको उहाँले बताउनुभयो ।
संघको प्रदेश कार्यालयले भवन निर्माणका लागि जग्गा खरिद गरेको, प्रदेशका सवै जिल्लाहरुमा संघको शाखाहरु स्थापना गरेको, मेडिकलजन्य फोहोर व्यवस्थापना गरेको, जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य शिविर गरेको र स्वास्थ्य शिविरका लागि औषधि तथा जनशक्ति सहयोग गरेकोलगायतका कामहरु भएको अध्यक्ष भण्डारीले प्रगति प्रतिवेदनमा उल्लेख गर्नुभयो ।
संघका कोषाध्यक्ष गोमाकुमारी नेपालीले गत आर्थिक वर्षको आयव्यय प्रस्तुत गर्नुभयो । सो अवसरमा संघले आम्दानी ५२ लाख २४ हजार १५० रुपियाँ गरेको छभने खर्च ४४ लाख ४७ हजार १४० रुपियाँ गरी नगद मौज्दात ७ लाख ७७ हजार १० रुपियाँ रहेको जानकारी उहाँले दिनुभयो ।
कर्यक्रममा नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेशका सल्लाहकार विष्णुबहादुर खड्काले कर्णाली जस्तो ठाउँमा औषधि व्यवसायी संघले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको बताउनुभयो ।
उहाँले सामाजिक उत्तरदायी धर्म समेत भएकाले बुवा र आमाको स्मृतिमा संघलाई भवन निर्माणका लागि जग्गा दान गर्न पाउँदा आफुलाई गर्व महसुस भएको उल्लेख गर्नुभयो ।
यस्तै औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रकाशकुमार खन्डेलवालाले अहिले औषधी व्यवसायीहरु धरासायी भइरहेकोले सरकारले व्यवसायको लागि उपयुक्त वातावरण तयार गर्न नसकेको बताउनुभयो ।
उहाँले विभिन्न बहानामा औषधि व्यवसायीहरुलाई दुःख दिने, कर धेरै लिनेजस्ता कामहरु गरी व्यवसायीलाई हतोत्साही बनाउने काम गरेकोले त्यस्ता काम रोकी सहज वातावरण बनाइदिनुपर्नेमा जोड दिनुभयो । साधरणसभाले संघको प्रदेशको नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
व्यवसाय गर्ने वातावरण सिर्जना गर्न नेपाल औषधी व्यवसायी संघको माग
व्यवसाय गर्ने वातावरण सिर्जना गर्न नेपाल औषधी व्यवसायी संघको माग

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु