सुर्खेत । नेपाल औषधी व्यवसायी संघ कर्णाली प्रदेशको अध्यक्षमा पुनः प्रेम बहादुर भण्डारी सर्बसम्मत निर्वाचित हुनुभएको छ ।
संघको आज वीरेन्द्रनगरमा भएको अधिवेशनबाट भण्डारी अध्यक्षमा सर्बसम्मत निर्वाचित हुनुभएको हो ।
यस्तै, संघको वरिष्ट उपाध्यक्षमा धर्मराज रावल, थोक उपाध्यक्षमा गोमा कुमारी नेपाली, खुद्रा उपाध्यक्षमा एसआर पाण्डे, महासचिवमा दान बहादुर रोकाय, कोषाध्यक्षमा रबिन्द्र थापा, उपकोषाध्यक्षमा सरिता रोकाय रावल सर्बसम्मत हुनुभएको छ ।
यस्तै, सदस्यहरुमा यसोधा थापा, चन्द्र बहादुर रोकाय, कृष्ण बहादुर मल्ल, राधा कुमारी विसी, कालि बहादुर रावल र राम बहादुर थापा सर्बसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
नेपाल औषधी व्यवसायी संघ कर्णाली प्रदेशको अध्यक्षमा प्रेम बहादुर भण्डारी
नेपाल औषधी व्यवसायी संघ कर्णाली प्रदेशको अध्यक्षमा प्रेम बहादुर भण्डारी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु