सुर्खेत । सुर्खेत चिङ्गाड गाउँपालिका सुर्खेतको पहिलो पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको छ ।
पालिकाका सबै वडा पूर्णखोप सुनिश्चितता भएपछि पालिकालाई नै पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको हो ।
पाँच वर्षमुनिका सबै बालबालिकाले आवश्यक सम्पूर्ण नियमित खोप लगाइसकेपछि पालिकालाई नै पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो । यो सँगै चिङ्गाड गाउँपालिका सुर्खेत जिल्लाकै पहिलो यस्तो पालिका बनेको छ ।
जिल्ला खोप समन्वय समितिको आयोजनामा भएको एक कार्यक्रममा पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा घोषणा गरिएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका खोप अधिकृत घन बहादुर बुढाले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडास्तरमा खोप सुनिश्चितताको घोषणापछि पालिकाले सम्पूर्ण मापदण्डहरू पूरा गरेपछि पूर्ण खोप सुनिश्चित पालिकाको रूपमा मान्यता पाएको हो ।
उहाँले पहिले वडा स्तरमा खोप घोषणा भएको र त्यसपछि पालिका स्तरमा पूर्ण सुनिश्चितता घोषणा गरिएको स्पष्ट पार्नुभयो ।
स्थानीय सरकार, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक र समुदायको निरन्तर प्रयास र सहकार्यबाट पूर्णखोप सुनिश्चितता घोषणा गर्न सफल भएको बताउनुभयो ।
पूर्ण खोप सुनिश्चितता भनेको सबै बालबालिकाले समयमा सबै खोप लगाउनु र त्यो उपलब्धि दीगो रुपमा कायम गर्नुपर्ने सरोकारवाहरूले जोड दिएका छन् ।
कार्यक्रमका खोप समन्वय समितिका कार्यवहाक अध्यक्ष सचिन बडुवालले बालबालिकाको जीवन रक्षा र स्वस्थ भविष्यका लागि खोप कार्यक्रमको सफल कार्यान्वयन निकै सराहनीय रहेको बताउनुभयो। उहाँले चिङ्गाडले जुन समर्पण देखायो त्यो अन्य पालिकाहरूका लागि पनि प्रेरणादायी हुने विश्वास व्यक्त गर्नुभयो ।
चिङ्गाड गाउँपालिकाका अध्यक्ष बोदविक्रम जीसीले स्थानीय सरकार, स्वास्थ्यकर्मी, स्वयंसेविका, अभिभावक र सम्पूर्ण समुदायबीचको सहकार्यकै कारण यस्तो महत्वपूर्ण उपलब्धि सम्भव भएको बताउनुभयो ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख करुणा भट्टराईले सबै बालबालिकाले समयमा खोप लगाउनु मात्र पर्याप्त नभई त्यो अभ्यासलाई दिगो रूपमा कायम राख्नु अत्यावश्यक रहेको बतानुभयो ।
चिङ्गाड गाउँपालिका सुर्खेतको पहिलो पूर्ण खोप सुनिश्चित पालिका घोषणा
चिङ्गाड गाउँपालिका सुर्खेतको पहिलो पूर्ण खोप सुनिश्चित पालिका घोषणा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु