सुर्खेत । विश्व रक्तदाता दिवसको अवसरमा दैलेखी सेवा समाज सुर्खेतले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला रेडक्रस सोसाइटी सुर्खेतको समन्वयमा आयोजित कार्यक्रममा ११ जना स्वयंसेवकहरूले रक्तदान गरेका छन् । कार्यक्रमबाट साढे ११ पोइन्ट रगत संकलन भएको समाजले जनाएको छ ।
दैलेखी सेवा समाज सुर्खेतका अध्यक्ष देव कुमार विसीले समाजले नियमित रुपमा सामाजिक उत्तरदायित्व वहन गर्दै आइरहेको र यस्तो अभियानले मानव सेवामा सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
रक्तदान कार्यक्रममा युवाहरुको उल्लेख्य सहभागिता देखिएको थियो। आयोजक संस्थाले आगामी दिनमा यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
दैलेखी सेवा समाजले गर्यो रक्तदान कार्यक्रम
दैलेखी सेवा समाजले गर्यो रक्तदान कार्यक्रम

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु