सुर्खेत । कर्णालीमा आयुर्वेद औषधालयप्रति आकर्षण बढ्दै गएको छ ।
कर्णाली प्रदेश आयुर्वेद औषधालयका तथ्याङ्कलाई आधार मान्दा पछिल्लो समय आयुर्वेदप्रति आकर्षण बढ्न थालेको हो ।
प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतमा आर्थिक वर्ष २०८०÷८१ मा ३५ हजार बढीले सेवा लिएका छन् ।
अस्पतालले सार्वजनिक गरेको मासिक विवरणअनुसार, स्वास्थ्य सेवाको विविध विधामार्फत हजारौं बिरामी लाभान्वित भएका छन् ।
आयुर्वेद अस्पतालको तथ्याङ्कअनुसार, सबैभन्दा बढी बिरामी बैशाख महिनामा १ हजार ४ सय १६ जना पुगेका थिए भने सबैभन्दा कम असोज महिनामा ७०४ जना मात्र सेवा लिन आएका थिए ।
चिकित्सा सेवा छुट्याएर हेर्दा, पञ्चकर्म सेवाबाट सबैभन्दा बढी ३ हजार ५ सय ८९ जना लाभान्वित भएका छन् ।
यसैगरी, अस्पतालमा आग्निकर्मसेवा २ सय १५ जनाले, जालौका सेवा १ सय ५९ जनाले र एक्स–रे सेवा ६० जनाले लिएका छन् ।
आर्थिक वर्ष २०७८÷७९ मा ५५ हजार ९५७ जना बिरामी उपचारका लागि आएका थिए भने २०७९÷८० मा ४४ हजार ३४० जना, ०८०÷८१ मा ३१ हजार २७५ जना, र ०८१÷८२ मा जेठसम्म ३५ हजार ३२७ जनाले सेवा लिएका थिए ।
अस्पतालले नागरिक आरोग्य केन्द्र, गाउँघर क्लिनिक, स्वास्थ्य शिविर तथा योग सेवामार्फत समेत सामुदायिक स्वास्थ्य प्रवद्र्धनमा उल्लेख्य भूमिका खेलेको जनाएको छ ।
कर्णालीमा आयुर्वेद औषधालयप्रति आकर्षण बढ्दै
कर्णालीमा आयुर्वेद औषधालयप्रति आकर्षण बढ्दै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
