सुर्खेत । प्रत्यक्षतर्फ ५ सिटका साथ कर्णालीमा पहिलो बनेको नेपाली कांग्रेस समानुपातिक तर्फ पनि पहिलो स्थान कायम राखेको छ ।
प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेशले उपलब्ध गराएको समानुपातिक तर्फको अन्तिम परिणाममा नेपाली कांग्रेसले एक लाख ४१ हजार २ सय ३३ मत प्राप्त गरेको हो ।
कर्णालीभर प्रत्यक्षमा एक सिट मात्रै जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ १ लाख ३३ हजार ७ सय ४९ मतसहित दोस्रो स्थान हासिल गरेको छ ।
यसैगरी नेकपा (एमाले) ले १ लाख २० हजार ८६३ मत प्राप्त गरेको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) १ लाख ७ हजार एक सय १ मत ल्याएर तेस्रो स्थान हासिल गरेको छ । जबकी कर्णालीलाई नेकपाको आधार इलाका मानिन्छ ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले १५ हजार ७ सय ५५ मत ल्याउँदा प्रगतिशिल लोकतान्त्रिक पार्टीले ८ हजार ५ सय ३७ मत ल्याएको छ भने नेपाल मजदुर किसान पार्टीले ५ हजार एक सय ३० मत प्राप्त गरेको छ ।
कर्णालीबाट श्रम संस्कृती पार्टीले समेत समानुपातिक तर्फ ४ हजार ६ सय ७५ मत प्राप्त गरेको छ ।
कर्णालीभर ९० जना उम्मेद्वारको जमानत जफत
प्रदेश निर्वाचन कार्यालय कर्णालीका अनुसार प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दलबाट र स्वतन्त्र उम्मेद्वारी दिएका ९० जनाको जमानत जफत भएको छ ।
प्रदेशभर जम्मा १ सय ३८ जनाले उम्मेद्वारी दिएका थिए । तिमध्य ९० जनाको जमानत जफत भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लाल बहादुर गुरुङले जानकारी दिनुभयो ।
जसअन्तरगत सुर्खेतका क्षेत्र नम्बर १ मा १३ जना उम्मेद्वारमध्य १० जनाको जमानत जफत भएको छ भने क्षेत्र नम्बर २ मा १७ जना उम्मेद्वार रहेकोमा १४ जना उम्मेद्वारीको जमानत जफत भएको छ ।
यस्तै, दैलेख क्षेत्र नम्बर ६ जना, क्षेत्र नम्बर २ मा ७ जनाको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै, जाजरकोटका ८ जना, सल्यानमा १० जना, रुकुम पश्चिममा ९ जना, कालिकोटमा ६ जना, जुम्लामा ६ जना, मुगुमा ४ जना, डोल्पामा ६ जना र हुम्लामा ४ जना उम्मेद्वारको जमानत जफत भएको हो । ३६ जना उम्मेदवारले त १०० मत समेत ल्याउन सकेनन् ।
कर्णाली प्रदेशका १० जिल्लामा बदर मतको संख्या निकै धेरै छ । १० जिल्लाको प्रत्यक्ष र समानुपातिक बदर मत ४३ हजार ५ सय रहेको छ ।
कर्णालीमा समानुपातिक तर्फ पहिलो दल कांग्रेस, दोस्रोमा रास्वपा
कर्णालीमा समानुपातिक तर्फ पहिलो दल कांग्रेस, दोस्रोमा रास्वपा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

