सुर्खेत, २७ असार । कर्णाली प्रदेशका नागरिकहरुको आयुर्वेदीक उपचारमा आकर्षण बढ्दै गएको छ ।
प्रदेश आयुर्वेद औषधालयमा पछिल्लो समय बिरामीहरुको चाप बढ्दै गएको हो । औषधालयले आज आयुर्वेदिक सेवा सम्बन्धि पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दै विगत चार वर्षको तथ्यङ्गक प्रस्तुत गरेको थियो ।
तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/०७६ मा १५ हजार ४ सय ८४ जनाले सेवा लिएका थिए । २०७६/०७७ मा २८ हजार तीन सय ५५ जनाले सेवा लिँदा आर्थिक वर्ष २०७७/०७८ मा ३० हजार चार सय ३६ ले सेवा लिएका छन ।
आर्थिक वर्ष २०७८/०७९ मा ४० हजार ८५ जनाले सेवा लिएको औषधालयका प्रमुख डाक्टर शंकर प्रसाद रिजालले जानकारी दिनुभयो ।
डाक्टर रिजालका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा गत वर्ष भन्दा करिब १० हजार धेरै सेवाग्रहीहरूले सेवा लिएका हुन ।
आर्थिक वर्ष ०७८/७९ मा साधारण उपचार २२ हजार सात सय ४९ जना, पञ्चकर्म ६ हजार पाँच सय पाँच, स्तनपायी दुई सय ५०, जेष्ठनागरिक सात हजार चार १२, निःशुल्क स्वास्थ्य शिविर एक हजार पाँच सय १८, गाउँघर किल्निक एक हजार ६ सय एक, क्षारसुत्र ४८ र कोभिड–१९ का तीन बिरामी गरेर जम्मा ४० हजार ८५ जनाले सेवा लिएका छन ।
यस्तै, प्रदेश आयुर्वेद औषधायलले ४४ प्रकारका औषधी निःशुल्क वितरण गर्दै आएको छ ।
यसैबिच, दरबन्दी न्युन भइ जनशक्ती अभावका कारण सेवा सुचारु गर्न असजिलो भएको डाक्टर रिजालले बताउनुभयो ।
उहाले सेवा लिनेको चाप बढ्दै गएको तर आवश्यक दरबन्दि हाल सम्म पनि प्रदेश सरकारबाट पास नभएकाले समस्या भएको बताउनुभयो ।
हाल सम्म पनि प्रदेश आयुर्वेद औषधालयलाइ अस्पतालमा रुपान्तरण नगरिएको भन्दै उहाले अन्य प्रदेशमा अस्पतालको रुपमा विकास गरिसकेको बताउनुभयो ।
उहाले प्रदेश सरकारले आफ्नो नीति कार्यक्रममा प्रदेशमा आयुर्वेद अनुसन्धान केन्द्र बनाउने बताएपनि बजेटमा त्यो कुरा कतै नआएको बताउनुभयो ।
नागरिकहरुको आयुर्वेदीक उपचारमा आकर्षण बढ्दै
नागरिकहरुको आयुर्वेदीक उपचारमा आकर्षण बढ्दै

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु