काठमाडौं, २ साउन । पहिलो पटक आयोजना हुने लागेको नेपाल टी–२० लिग खेल्ने टिमको नाम सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार हायत प्यालेसमा एक कार्यक्रम गर्दै लिग खेल्ने ४ टिमको नाम मात्र सार्वजनिक गरेको हो ।
नेपाल टी–२० लिगमा ६ टिमले प्रतिस्पर्धा गर्ने तय भएपनि सोमबार कार्यक्रममा चार टिमको नाम मात्र घोषणा भएको हो ।
जसमा कान्तिपुर क्यापिटल्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र लुम्बिनी अल स्टार्स छन् ।
कान्तिपुर क्यापिटल्सको फ्रेञ्चाइज मालिक कान्तिपुर मिडिया ग्रुप छ भने नेपाली अल स्टार्स अमेरिकाले लुम्बिनी अल स्टार्स टिम खरिद गरेको छ ।
बाँकी दुई टिममा भारतीय व्यवस्थापन रहने छ । विराटनगर सुपर किंग्सलाई डायमण्ड डिजीक्याप प्रालिले र जनकपुर रोयल्सलाई गोल्डस्पोर्टस प्रालिले सञ्चालन गर्ने छन् ।
बाँकी दुई टिमको घोषणा छिट्टै हुने क्यानका कार्यबाहक सचिव प्रशान्त मल्लले बताए ।
टिम मालिक उपस्थित नभएका कारण दुई टिमको घोषणा प्रक्रिया लम्बिएको हो । क्यानले गत जेठमा लिग खेल्ने ६ शहरको नाम सार्वजनिक गरेको थियो । जसमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी÷भैरहवा र सुदूरपश्चिम थियो ।
पहिलो संस्करण आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।
नेपाल टी–२० लिग खेल्ने टिमको नाम सार्वजनिक
नेपाल टी–२० लिग खेल्ने टिमको नाम सार्वजनिक
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
