हुम्ला, १० साउन । हुम्लाको नाम्खा गाउँपालिका–६ लिमिमा एक वर्षपछि खाद्यन्न ढुवानी हुन सुरु भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले अनुदानको चामल एक वर्षपछि ढुवानी गर्न थालेको हो ।
खाद्यान्न प्रयाप्त ढुवानी नभएको र हिमपातका कारण चामल ढुवानी हुन एक वर्षको समय कुर्नुपरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखाका नवीनप्रसाद आचार्यले जानकारी दिनुभयो ।
हिउँदको समयमा नाम्खा आवतजावत गर्ने सडक खण्ड अवरुद्ध भएका कारण खाद्यान्न ढुवानीमा समस्या हुने गरेको छ ।
लिमिका तीन गाउँका लागि ५७ क्वीन्टल खाद्यान्न टिप्परमार्फत पठाइएको उनले बताउनुभयो ।
स्थानीय तहको निर्वाचनबाट निर्वाचित हुने बित्तिकै गाउँपालिकाका अध्यक्ष प्रेम लामाले गरेको मागअनुसार जिल्ला खाद्य व्यवस्थापन समितिको गत असार ९ गतेको निर्णयले छ वटै वडाका लागि चारसय क्वीन्टल खाद्यान्न पठाउने निर्णयअनुसार अहिलेको ढुवानी सुरु भएको हो ।
समितिको निर्णयमा पुनः दुई सय क्वीन्टल थप गरेपछि तत्कालका लागि लिमीका तिल, हल्जी र जाङ गरेर तीन गाउँका लागि अहिले चामल ढुवानीको काम सुरु भएको हो ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला खाद्य व्यवस्थापन समितिले असार १४ गतेको निर्णयअनुसार हुम्लाका लागि यस आर्थिक वर्षमा सात हजार क्वीन्टलमध्ये पाँच हजार क्विन्टल खाद्यान्न थप भएको छ ।
लिमिमा एक वर्षपछि खाद्यन्न ढुवानी हुन सुरु
लिमिमा एक वर्षपछि खाद्यन्न ढुवानी हुन सुरु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

