सुर्खेत, ११ साउन । काठमाडौंदेखि सुर्खेत आउँदै गरेको यात्रुवहाक बसमा भिरबाट ढुङ्गा खस्दा १ जनाको मुत्यु भएको छ ।
आज बुधबार भेरीगंगा नगरपालिका–२ पैसठ्ठी नजिक ना ७ ख ५८११ नं को बसमा आज ढुङ्गा खस्दा दैलेख भगवतिमाई गाउँपालिका–२ कि १७ बर्षिया पार्वती शाहीको टाउकोमा चोट लागेकोले कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रबक्ता सुरज कार्कीले जानकारी दिनुभयो ।
यस्तै ढुङ्गा लाग्दा वीरेन्द्रनगर नगरपालिका वडा नं ६ बस्ने ४५ बर्षिया राज कुमारी सुनार घाईते भएको प्रहरीले जनाएको छ ।
वसमाथी ढुङ्गा खस्दा एकजनाको मृत्यू
वसमाथी ढुङ्गा खस्दा एकजनाको मृत्यू
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
