सुर्खेत, ११ साउन । सल्यानको कुपिण्डे तालमा टिकटक बनाउने क्रममा चिप्लिएर बेपत्ता भएका पुरुष शव फेला परेको छ ।
मंगलबार दिउँसो साथीहरुसँग कुपिण्डे तालको किनारमा टिकटक बनाइरहेको अवस्थामा चिप्लिएर तालमा खसेर वेपत्ता भएका दाङको तुलसीपुर उपमहानगरपालिका –६ का अन्दाजी ३७ वर्षीय बेद बहादुर बस्नेतको शव आज बुधबार दिउँसो फेला परेका हो ।
बेपत्ता भएका बस्नेतको शव सुर्खेतबाट गएको गोताखोरको टोलीले फेला पारेको सल्यानका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिनुभयो ।
बस्नेत साविकको कपुरकोट गाउँपालिकाको सिनवाङ घर भई दाङ तुल्सीपुर उपमहानगरपालिका ६ बस्दै आउनुभएको थियो ।
कुपिण्डे तालमा टिकटक बनाउने क्रममा चिप्लिएर बेपत्ता भएका पुरुष शव फेला
कुपिण्डे तालमा टिकटक बनाउने क्रममा चिप्लिएर बेपत्ता भएका पुरुष शव फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
