सुर्खेत, १५ साउन । मुगुमा छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
छाँयानाथ रारा नगरपालिका–१३ रुगाबाट आउँदै गरेको टयाक्टर र जुम्लाबाट मुगु आउँदै गरेको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
छाँयानाथ रारा नगरपालिका—१३ रुगा गाउँबाट कर्णालीतिर आउँदै गरेको लु ४ च ६७६२ नम्बरको टयाक्टर दुर्घटना हुँदा टक्याक्टरमा सवार छाँयानाथ रारा नगरपालिका—१३ का २५ वर्षीय मुकुन्द लावतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहान ९ बजे रुगाबाट कर्णालीतिर आउँदै गरेको ट्याक्टर सडकबाट २५ मिटर तल खसेरको थियो । दुर्घटनामा टयाक्टरका चालकसहित अन्य पाँचजना घाइते भएका छन् ।
उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका डीसपी सुभाष हमालले जानकारी दिनुभयो ।
जुम्लाबाट मुगु आउँदै गरेको लु १ ज ३७५४ नम्बरको जीप जुम्लाको कनकासुन्दरी गाउँपालिका—१ बुलबुलेमा दुर्घटना हुँदा छाँयानाथ रारा नगरपालिका—२ का २५ वर्षीय दिपक तिरुवाको घटनास्थलमै मृत्यु भएको छ ।
उक्त जीपका चालक र अन्य एकजना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको छ ।
मुगुमा छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु
मुगुमा छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
