सुर्खेत, १६ साउन । जाजरकोटको कुशे गाउँपालिकाका एक विद्यालयका शिक्षकहरुले एक वर्षसम्म तलब पाउन नसकेको बताएका छन ।
गाउँपालिकाको वडा नम्बर ४ मा रहेको देउती आधारभूत विद्यालयका शिक्षकहरुले तलव पाउन नसकेको बताएका हुन ।
कक्षा ५ सम्म पठाइ हुने उक्त विद्यालयमा ४ जना शिक्षक कार्यरत रहेका छन् । उनिहरु सबै संघिय सरकारको अनुदान कोटामा पढाइरहेका छन ।
लामो समयदेखि विद्यालयमा काम गर्दै आए पनि अहिले स्थानीय तहले तलब नपठाउँदा आफूहरू समस्यामा परेको शिक्षक धनसरा सिहंले संकल्प अनलाइनसँग गुनासो गर्नुभयो ।
यस्तै, विद्यालयका प्रध्यानाध्यापक विना चलाउनेले तलब निकासा गर्न पटकपटक गाउँपालिकालाई अनुरोध गर्दा पनि कुनै सुनवाई नभएको गुनासो गर्नुभयो ।
स्थानीय तहले नै आफ्नो क्षेत्रमा संचालनमा रहेको विद्यालयको शिक्षकलाई तलब खुवाउनु पर्ने व्यवस्था भएपनि यो विद्यालयका शिक्षकहरुले २०७७ साउन देखि ७८ असार मसान्त सम्मको तलब नपाएको प्रध्यानाध्यापक विना चलाउने भन्नुहुन्छ ।
विद्यालयमा ४ जना मात्रै शिक्षक छन । उनिहरु संघिय सरकारको अनुदान कोटामा पढाइरहेका छन । विद्यालयमा एक सय विद्यार्थीहरु रहेका छन ।
यता, गाउँपालिका अध्यक्ष हरीचन्द्र वस्नेतले भने नेपाल सरकारको अनूदानबाट सञ्चालित विद्यालय भएकाले एक वर्षको तलब माथिबाटै प्राप्त नभएको बताउनुभयो । पालिकाबाट दिदै आएको तलब नियमित रुपमा गइरहेको उहाले बताउनुभयो । उहाले भन्नुभयो, ‘त्यस विद्यालयका शिक्षकहरुले एक बर्षको तलब नपाएको भन्ने जानकारी मैले पनि पाएको छु । त्यो संघिय सरकारको अनुदान बजेट हो, यस विषयमा बुझ्न मैले शिक्षा शाखा प्रमुखलाई निर्देशन दिइसकेको छु ।’
मदिरा सेवन गरी विद्यालय गएका जाजरकोटका एक प्रधानाध्यापक पक्राउ
यता, मदिरा सेवन गरी विद्यालय गएका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले मदिरा सेवन गरी विद्यालय गएका त्रिभुवन माध्यमिक विद्यालय जाजरकोटका प्राधानाध्यापक भक्तबहादुर मल्ललाई पक्राउ गरेको हो ।
उहा सोमबार बिहान मदिरा सेवन गरेर विद्यालय प्रवेश गर्नुभएको थियो । नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी जाजरकोटको समन्वयमा मल्ललाई प्रक्राउ गरिएको हो ।
उहालाई पक्राउ गरेर जिल्ला अस्पताल जाजरकोटमा मेडिकल चेकजाँचका लागि लगिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिनुभयो । अस्पतालको रिपोर्टका आधारमा कानुनी प्रक्रिया अघि बढाइने उहाले बताउनुभयो ।
