काठमाडौं । दशैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक सवारीका लागि नेपालभर रुट परमिट खुला हुने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच आज बुधवार भएको छलफलले यस्तो निर्णय गरेको हो । दशैँमा यात्रुलाई सास्ती नहोस् र सजिलै आवतजावतका लागि घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि नेपालभर रुट परमिट खुला हुने निर्णय गरेको यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेले जानकारी दिनुभयो ।
यस्तै अनलाइनमार्फत टिकट बुकिङ गर्ने यात्रुलाई व्यवसायीले छुट दिएर प्रोत्साहन गर्ने, कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्यका मापदण्ड पालना गराउने, खाना खुवाउने ठाउँमा भिडभाड नगर्ने, अनधिकृत काउन्टर र परिचयपत्र नभएका व्यक्तिबाट टिकट खरिद÷बिक्री निरुत्साहित गर्न अनुगमन गर्ने पनि निर्णय भएको छ ।
दशैँको अवधीमा सवारीका लागि रुट परमिट खुला हुने
दशैँको अवधीमा सवारीका लागि रुट परमिट खुला हुने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
