दैलेख । युवाहरुलाई हरेक क्षेत्रमा अब्बल र नेतृत्वदायी भुमीकामा पुर्याउन दैलेखमा साक्षरता कक्षा संचालन गरिने भएको छ ।
युरोपियन युनियन र अक्सफामको सहयोगमा सञ्चालित युथ लिड जेशी परियोजना अन्र्तगत युवाहरु मार्फत नै दैलेखको डुङ्गेश्वर र भगवतीमाई गाउँपालिकामा युवाहरुलाई नेतृत्वदायी भुमीकामा पुर्याउन साक्षरता कक्षा संचालन गरिने भएको हो ।
रिफ्लेक्ट सम्बन्धिका कक्षाहरु भगवतीमाई र डुङ्गेश्वर गाउँपालिकाका ५÷५ वटा वडामा संचालन गरिने परियोजनाका दैलेख जिल्ला संयोजक मिना विश्वकर्माले जानकारी दिनुभयो ।
साक्षरता कक्षा संचालन गर्नको लागि परियोजनाको आयोजनामा युवाहरुलाई रिफ्लेक्ट सम्बन्धि ७ दिने प्रशिक्षक प्रशिक्षण तालिम आज (मंगलबारबाट) दैलेखमा दिन थालिएको छ ।
तालिममा भगवातिमाई र डुङ्गेश्वरका गरी १० जना रिफ्लेक्ट सहजकर्ताहरुको सहभागि भएका छन ।
तालिममा युवाका अधिकार प्रयोग गर्न युवाहरूको क्षमतालाई सुदृढ गर्ने, लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा वकालत, संचार, नीति संवादको लागी युवा सामूहिक कार्यहरुका लागी अवसरहरु पदान कसरी प्रदान गर्ने लगायतका विषयहरु सिकाइने संयोजक विश्वकर्माले जानकारी दिनुभयो ।
त्यसैगरी, पीडित र युवाहरूका लागि कोभिड –१९ तत्काल र पुनस्र्थापना सेवाहरू प्रदान गर्न स्थानीय सेवा प्रदायकहरूको क्षमतालाई बलियो बनाउने, दिगो व्यवसायको विकास गर्न युवाहरू माझ आर्थिक क्षमतालाई सुदृढ गर्ने र प्राविधिक र वित्तीय अवसरहरूमा युवा र महिलाको पहुँच सुधार गर्न स्थानीय सरकार, वित्तीय संस्थाहरूसँग समन्वय गरि युवा नेतृत्व विकासका विषयमा छलफल हुनेछ ।
तालिम पश्चात सहजकर्ताहरुले ग्रामीण क्षेत्रमा रिफ्लेकट साक्षरता कक्षा सञ्चालन गर्नेछन् ।
युवा, महिला, अपांगता भएका व्यक्ति, आर्थिक रुपमा बिपन्न समुदायका व्यक्तिहरुलाई सहभागि गराएर सहजकर्ताहरुले कक्षा सञ्चालन गर्नेछन् ।
७ दिन सम्म संचालन हुने तालिममा समुदाय स्तरमा युवाहरुले भोगेका समस्याको सहजीकरण सिप विकास तथा नेत्तृत्व विकासका लागि सहभागीहरुलाई लोकतान्त्रिक समूह निर्माण गरी एक अर्कामा तालिम अवधिभरि प्रतिस्पर्धात्मक रुपमा अगाडि बढाइने तालिमाका श्रोत व्यक्ति सोनालाल चौधरीले बताउनुभयो ।
युवाहरुलाई नेतृत्वदायी भुमीकामा पुर्याउन रिफ्लेक्ट कक्षा
युवाहरुलाई नेतृत्वदायी भुमीकामा पुर्याउन रिफ्लेक्ट कक्षा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
