दैलेख । दैलेख गुराँस गाउँपालिकामा पालिका स्तरिय वक्तृत्वकला प्रतियोगिता मार्फत उमेर पुगेर मात्रै बिवाह गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको छ ।
बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार र उत्तरदायी सरकार भन्ने नारा सहित गुराँस गाउँपालिकाले राष्ट्रिय बाल दिवस २०७९ को अवसरमा “बालविवाह न्यूनिकरणमा विद्यार्थीको भूमिका विषयक” पालिकास्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको हो ।
वक्तृत्वकला प्रतियोगितामा १२ वटा माध्यामिक विद्यालयका २३ जना छात्र छात्राहरुको सहभागिता रहेको थियो । वक्तृत्वकला प्रतियोगतामा सहभागी बालबालिकाहरु बल बिवाह न्युनिकरणमा विद्यार्थीहरुको भुमीका महत्वपूर्ण हुने बताएका छन ।
प्रतिस्पर्धी मध्ये सरस्वती माध्यामिक विद्यालयमा अध्ययनरत छात्रा भविसरा रामजाली प्रथम, कृष्ण माध्यामिक विद्यालय सानाकाँडामा अध्ययनरत छात्रा शुशिला चन्द द्वितिय, मालिका माध्यामिक विद्यालयकी छात्रा अस्मिता खड्का तृतिय र पार्वति माध्यामिक विद्यालय गोगनपानीका छात्र प्रेमबहादुर सुनारले सान्त्वना पुरस्कार प्राप्त गरेका छन ।
प्रथम पुरस्कार प्राप्त भविसरा रामजालीले बालविवाह हुने कारण गरिवी, देखासिखि, सामाजिक सञ्जालको दुरुपयोग, कुपर्था, किशोरा अवस्थामा हर्माेनका कारण यौन भावनालाई व्यवस्थापन गर्न नसक्नु भएको बताउनुभयो ।
बालबालिकाहरुले विहेवारी २० वर्ष पारी, नगरौ विहेको कुरा भएको छैन २० वर्ष पुरा भन्ने नारा र ¥याली सहित बजार परिक्रमा समेत गरेका थिए ।
कार्यक्रममा बोल्दै गुराँस गाउँपालिका अध्यक्ष टोपबहादुर वि.सिले नयाँ समाज निर्माण गर्ने क्रममा रहेको भन्दै परम्पराकाल देखि समाजमा चलिआएका गलत परम्पराको अन्त्य गनर््ुपर्ने बताउनुभयो ।
उहाले भन्नुभयो, “हाम्रो समाजको प्रगतिको वाधक बालविवाह, छाउपडी प्रथा, जातिय छुवाछुत लगाएतका गलत परम्पराहरु हुन । यस्ता गलत परम्पराको अन्त्यका लागि बाल वालिकादेखि नै जनचेतनामुलक अभियान सञ्चाल गर्न आवश्यक छ ।”
वक्तृत्वकला प्रतियोगितामा सहभागीहरुले आफुलाई धेरै कुरा सिकाएको उहाको भनाई छ ।
प्रतिष्पर्धामा सहभागी सबै भाईवहिनीहरुले अब्बल प्रस्तुति गरेकोप्रति उहाले धन्यवाद दिनुभयो । सबैका प्रस्तुतिकरण साह्ै उत्कृष्ट छन् । तिनै उत्कृष्ट मध्येका पनि एक जनाले पुरस्कार पाउने हो । आज कुनै स्थान हासिल गर्न नसकेकाका भाईवहिनीहरुले आफुमा भएको कमजोरी पहिचान गरी आगामी दिनमा अझै राम्रो प्रस्तुतिकरण गर्न उनले आग्रह गर्नुभयो । “बालबालिकाप्रति स्थानीय सरकार जिम्मेवार छ ।”
गुराँस गाउँपालिका बालबालिकाको हक हितका लागि प्रतिवद्ध भएको बताउदै पालिका बालबालिकाको प्रतिभा पहिचान गरी आवश्यक सहयोग गर्न तयार रहेको उहाको भनाई छ ।
गुराँस गाउपालिकाका उपाध्यक्ष शिवा कुमारी खड्काले वालविवाह मुक्त बनाउने प्रतिवद्धतालाई विद्यार्थीहरुको प्रस्तुतीले सहयोग गरेको बताउनुभयो ।
बाल विवाहले गर्दा कुपोषण, वेरोजगारी जस्ता समस्याहरु निम्त्याएको बताउदै खड्काले बालविवाह न्यूनिकरणका लागि आफैबाट सुरुवात गर्नुपर्ने बताउनुभयो ।
सामाजिक सेवा केन्द्र .सोसेक) नेपालका कार्यक्रम निर्देशक नवराज बि.सि.ले भने देश संघिय शासन प्रणालीमा प्रवेश गरिसकेपछी यस्ता कार्यक्रम पहिलो पटक स्थानीय तहमा आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रम गुराँस गाउँपालिका, सोसेक नेपाल र सेभ द चिल्ड्रेनको सयुंक्त साझेदारीमा आयोजना गरिएको थियो ।
राष्ट्रिय बाल दिवसको उपलक्षमा गुराँस गाउँपालिकाका सबै वडाहरुमा बालबालिकाको नेतृत्वमा कार्यक्रम सञ्चालन गरिएको छ ।
राष्ट्रिय बाल दिवसका अवसरमा पालिकास्तरीय वक्तृत्वकला
राष्ट्रिय बाल दिवसका अवसरमा पालिकास्तरीय वक्तृत्वकला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
