सुर्खेत । सल्यानमा दर्शनार्थी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् ।
सल्यानको खैराबाङ मन्दिरतर्फ दर्शन गर्न जाँदै गरेको रा१ज ५९८ नम्बरको जीप शनिबार बिहान पौने सात बजे कुमाख गाउँपालिका–७ जिमालीमा दुर्घटनामा भएको हो ।
दुर्घटनमा परी मृत्यु हुनेमा कुमाख गाउँपालिका–७ का ३९ वर्षीय मानबहादुर पुन र १४ वर्षीया एनका पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले बताए । दुवैजनाको घटनास्थलमा मृत्यु भएको हो ।
जीप उकालो सडकमा ब्याक गर्ने क्रममा पल्टिएर १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
यसैबिच, जिप दुर्घटनामा घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट कोहलपुर लगिएको छ ।
नेपाली सेनाको हेलिकप्टरबाट शनिबार बिहान घाइते सुनिता बोहरा पुन मगरलाई थप उपचारका लागि ६ महिने छोरीसहित हेलिकप्टरबाट कोहलपुर पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सुनिताको अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि हेलिकप्टरबाट कोहलपुर पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो । उहाकी ६ महिने छोरीको अवस्था भने सामान्य रहेको छ ।
गत बुधवारमात्रै सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो ।
सल्यानमा दर्शनार्थी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
सल्यानमा दर्शनार्थी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
